८ बर्ष अघि सिनेमा ‘षडङ्ग’को निर्देशन गरेका निर्देशक सुरज सुनुवारले ‘खजुरे ब्रो’ निर्देशन गर्ने भएकाछन । फिल्मको शुक्रबार औपचारिक घोषणा गरिएको छ । फिल्म निर्माण टिमले बंगलामुखी मन्दिर पुगेर शुभसाइतसँगै निर्माण घोषणा गरेको हो । ‘खजुरे ब्रो’ को लेखक पनि निर्देशक सुनुवार नै हुन । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने सिनेमा कमेडी जनरामा आधारित रहने बताइएको छ । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने सिनेमा काकार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।
शिशिर बिशंखेले छायांकन गर्ने सिनेमा माघ पहिलो साताबाट फ्लोरमा जानेछ । सिनेमाको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौंमा हुनेछ । ‘खजुरे ब्रो’को शीर्ष भूमिकामा अभिनेता महेश त्रिपाठी अनुबन्धित भएका छन् । निर्माता र उनीबीच बुधबार लिखित सहमति भएको जनाइएको छ । यसबाहेक फिल्ममा विल्सनविक्रम राईको समेत चर्चा छ । अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरञ्जन दिने उदेश्यका साथ सिनेमा निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । सिनेमामा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल प्रोडक्सन म्यानेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेको हुनेछन ।