सुनसरी जिल्लाको हरिनगर गाउँपालिका वडा नं. ७ बस्ने ३१ वर्षको हजरुल खातुनको घरबाट प्रहरीले नक्कली नोट र लागू औषध बरामद गरेको छ । बिशेष सुचनाको आधारमा मंगलबार दिउसो साढे एक बजे तिर जिल्ला प्रहरी कार्यालय सुनसरी, ईलाका प्रहरी कार्यालय देवानगंज र प्रहरी चौकी घुस्कीहाट सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी अधिकृतको टोलीले तलासि लिदाँ खातुनको घर उत्तरतर्फको सुत्ने कोठा भित्र खाट माथि रहेको डसना मुनि रु. १०००(एक हजार) को ५० (पचास) थान नेपाली नक्कली नोट रु.५०,०००(पचास हजार) नेपाली रुपैँया नक्कली नोट, लागू औषध नाइट्रोजन ट्याब्लेट-१० (दश) पतामा १०० (सय) ट्याब्लेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । लागू औषध सहित उनको साथबाट मोबाइल सेट समेत बरामद गरेको छ । समान बरामद संगै खातुनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य गरिरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।