यही बर्षको तिहारको अवसरमा यही कार्तिक १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टर’ को रोमान्टिक गीत दिन बित्ला सार्वजनिक भएको छ । ओेएसआर डिजिटल को युट्युब च्यानलबाट रिलिज भएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु प्रदीप खडका र दिव्या रायमाझी को जोडी गज्जब छ । चकलेटी हिरो ट्याग पाएका प्रदीप यो गीतमा साचै चकलेटी नै देखिएका छन अझ दिब्या सँगको जोडी खुब जमेको धेरै रोमाण्टिक देखिएकाछन । मुस्ताङको सुन्दर दृश्यहरुमा खिचिएको गीतको मेकिङ उच्च छ।
गीतलाई कोरियोग्राफर शिशिर खातीले गज्जब कोरियोग्राफी गरेका छन । राजेश कुमार श्रेष्ठको शब्द, अलिश कार्कीको संगीत, शनिस श्रेष्ठ र प्रीती कौरको आवाज रहेको गीत पप प्याटर्नमा रहेको छ ।एक्टर मा राजवल्लभ कोइरालाको चलचित्रमा पुन कम्व्याक भएको छ भने यही चलचित्रबाट चर्चित नायक दिलिप रायमाझीकी छोरी दिव्या रायमाझीले डेब्यु गर्दैछिन । चलचित्रमा दिव्यदेव पन्त, उषा रजक, सुशील सिटौलाको पनि अभिनय छ । राजन भुसालले निर्देशन गरेको एक्टर को पटकथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् । थमन कुमारी भण्डारी निर्माता र तोरन क्षेत्री लाइन प्रोड्युसरमा छन् ।