धरान -१ स्थित धरान मोडल कलेजले बि.एस.डब्लु. मा अध्ययनरत बिद्यार्थीहरुको बोल्ने क्षमताको बिकासका लागि पब्लिक स्पिकिङ र संचार सीप सम्बन्धि पाच दिने तालिम सुरुभएको छ । बुधबारबाट सुरु भएको तालिममा कलेजकै बिधार्थीहरु सहभागी छन । तालिममा धेरै मानिसहरुको भिडमा कसरी बोल्ने, कार्यक्रम कसरी सन्चालन गर्ने, माईक्रोफोन र पोडियमको प्रयोग कसरी गर्ने, आत्माबिश्वास कसरी वृद्धि गर्ने, फिल्डमा नया ठाउँ जादा मानिसहरु सँग कसरी बोल्ने आदीबारेमा बिद्यार्थीहरुलाई अभिमुखिकरण गरिएको सहजकर्ता संचारकर्मी तिर्थ कार्कीले जानकारी दिए ।
अहिले सम्म भएको तालिमबाट आफ्नो आत्माबिश्वास बढेको तालिममा सहभागी रुपसुना राईले बताईन। अहिलेसम्म आईपुग्दा आफुले बोल्नेकला धेरै सिकेको अर्का सहभागी दृष्टि गौतमले बताईन। बि.एस.डब्लु. मा अध्ययनरत बिद्यार्थीहरुको बोल्ने कला र ब्यक्तित्व बिकास गर्ने उद्येश्यले तालिमको आयोजना गरिएको क्याम्पस प्रमुख प्रबिन राईले बताए । बि.एस.डब्लु. मा अध्ययन गर्ने बिद्यार्थीहरु प्रोजेक्ट वर्कका लागि फिल्डमा जानू पर्ने र धेरै ठाउमा राम्रो प्रस्तुतिका साथ बोल्नुपर्ने भएकाले कुनै पनि ठाउमा उनीहरुले आत्माबिश्वासका साथ बोल्न र प्रस्तुती दिन सकुन भन्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको कलेजका बि.एस.डब्लु.कोअर्डिनेटर बिष्णु खनालले बताउनु बताए । तालिमको समापन आईतबार हुने कलेजले जनाएको छ।