आफ्नो लेखन निर्देशन रहेको चलचित्र ‘बसन्त’ को पहिलो चरण को छायांकन सकेर आफु अभिनित ‘पूर्ण बहादुर को सारङ्गी’ को भ्वाइस डबिङ प्रकाश सपुत पुगेका छन । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको ‘पूर्ण बहादुरको सारंगी’ तिहारको अवसर पारेर कात्तिक १५ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा विजय बराल, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ लगायत कलाकारहरूको अभिनय छ।

यही कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा आउन लागेको बहु प्रतिक्षित चलचित्र ‘पूर्ण बहादुर को सारंगी पछील्लो समय नेपाली चलचित्रहरुलाई विश्व बजारमा पुर्याइरहेको, सेवेन सिजको प्रस्तुती रहेको छ । विनोद पौडेल र प्रतीक सुवेदीले संयुक्त्त रुपमा निर्माण गरेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को प्रस्तुतकर्ता सेभेन सिस सिनेमा र बासुरी फिल्मस हुन । चलचित्रमा विजय बराल,प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्ने छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।