लिम्बू संस्कार र सस्कृतिमा आधारित रहेर निर्माण गरिएको नेपाली कथानक चलचित्र युक्पुङ (बस्ती)को ट्रेलर सार्वजनिक भएको छ । युक्पुङको ट्रेलर नोगेन आर्गनिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । केएमडि अर्गानिक ईन्टरटेन्मेन्ट प्रालीको ब्यानरमा नर कुमारी वानेमले (सेन्दाङ) ले निर्माण गरेको युक्पुङ का निर्देशक दिनेश माङ्मु हुन भने चलचित्रको पठकथा बिष्णु मोक्तान र मदन वानेमले लेखेको चलचित्रका मुख्य कलाकार तथा गायक कुशल थलङले जानकारी दिए । सार्वजनिक ट्रेलरले समुदायको मौलिक कथा भन्ने युक्पुङ ले चलचित्रमा पारिवारिक दायित्ववहन गर्ने क्रममा आफ्नो यौवन अवस्थालाई तिलान्जली दिन पुगेकी पात्र हाङमतिको कथा बोल्ने स्पस्ट देखिएको छ । जीवनमा एउटा पुरुष पात्रको प्रवेशका कारण सिर्जित संघर्ष र अन्तरद्वन्द्वको प्रेम कथा रहेको थलङले जानकारी दिए । पछील्लो समय पश्चिमा संस्कृतिको प्रभावले हाम्रो जात धर्म र पहिचाननै लोप हुने अवस्थामा पुगेको ले हामीले हाम्रै गाउघरको कथालाई दैनिकीलाई टपक्क टिपेर युक्पुङ (बस्ती) चलचित्रको पर्दामा उतारिएको थलङको दावी छ ।
सेन्सर देखी सम्पूर्ण प्राविधिक काम सकेर आज मात्र ट्रेलर सार्वजनिक गरिएको हो । युक्पुङ को पहिलो शो यही पुष १ गते धरान स्थित फ्रेण्डस सिनेमाजमा गरिने कलाकार थलङले जानकारी दिए । धरानपछी देशैभरका अन्य सिनेमा घरहरुमा पनि युक्पुङको प्रदर्शन हुने निर्माण टिमले जानकारी दिएको छ । युक्पुङ पूर्वका रमणिय स्थलहरु तेह्रथुमको साभ्ला ,चोत्लुङ पार्क , धनकुटा र बसन्तपुरमा छायांकन गरिएको छ । नरकुमारी वनेम, दिलु पाङ्मा लिम्बू र इन्दु लावतीको संयुक्त निर्माण रहको यस चलचित्रको सहनिर्मातामा तेज आङ्बुहाङ, पूष्पा वनेम, हिमाल लेछर्बो, ममता यक्सो र सुमन नेम्वाङ रहेका छन् । चलचित्रमा चलचित्रमा कमला सेन्दाङ, कुशल थलङ, कविता आले, यासेली योङ्हाङ, सागर केरुङ, हिमाल लेछर्बो, मिराक लिम्बूल, प्रेम ओझा, नुनाम केरुङ, कुमार ढकाल, डिबि थेगिम, मदन वनेम, सुलभ नेम्बाङ, टिआर सेनेहाङगायतले अभिनय गरेका छन् ।