मंगलबार अन्दाजी साझ ६ बजेर १० मिनेटको समयमा बजेको समयमा झापा, कन्काई नगरपालिका वडा नं.८ घर भई अहिले सुनसरीको ईटहरी उप-महानगरपालिका वडा नं.५ पुर्ण कुमार प्रधानको घरमा डेरा गरी बस्ने सन्तोष रायमाझिको श्रीमती ३९ बर्षकी निलु रायमाझीले आँफैलाई चक्कु प्रहार गरी सख्त घाइते भएकी उनको मृत्यु भएको छ । बिगत ८/९ महिना अगाडी देखी प्यारलाईस भएर औषधी सेवन गर्दै आएकी निलुके आफ्नो श्रीमान औषधी लिन मेडिकल गएको मौका छोपी आँफैलाई चक्कुले आफ्नो घाटीँ रेटी घाईते भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
औषधी लिएर आउँदा गम्भीर घाइते भएकी निलुलाई श्रीमानले एम्बुलेन्समा तत्काल बिराट टिचिङ अस्पताल बिराटनगर पुर्याएका थिए । हस्पिटलमा डाक्टरले चेकजाँच ६:२० तिर बजे मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए । घटनाबारे जानकारी पाउन साथ तत्काल घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी अधिकृतको टोली खटी गई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।