धरानमा आजबाट सुरुभएको २३ औ बुढासुब्बा टुबोर्ग गोल्डकपको उदघाटन खेलमा आयोजक धरान फुटबल क्लब पराजित भएको छ । धरान पाहुना टोली भारत खरसाङ को युके एफसी सँग ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित भएको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछी समय अभावका कारण खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकर मा धरानका रिवस मास्केको प्रहार युके एफसीका गोल किपर मनोज प्रधानले रोकिदिए । धरानका खेलाडीहरु दोर्जे तामाङ, मदन लाबुङ र रोमन लिम्बुले टाइब्रेकरमा गोल गरे । युके एफसीका सिद्धान्त क्षेत्री, सुब्रत सोरेन, साहिल राई, आकाश प्रधान र राज राउतले गोल गरे ।
खेलको म्यान अफ दि म्याच युके एफ सि का गोल किपर मनोज प्रधान भए । उनले आयोजकले घोषणा गरेको १० हजार पाए भने उद्घाटन खेलमा ब्रिटिश गोर्खा बिग्रेड ब्याण्डकोतर्फबाट थप २५ हजार गरि कुल ३५ हजार नगद पुरस्कार पाएका छन । भोली को खेल बागमती युथ क्लब सर्लाही र एभेनियर एफसि क्यामरुनबीच खेल हुने आयोजक धरान फुतटबल क्लबले जनाएको छ ।