बुधबार धरान २ का रत्नरोडका सुनचाँदी व्यवसायीले २० हजार एक सय ३० रुपैयाँ सहयोग गरेका हुन् । सुनचाँदी व्यवसायी युवराज शङ्कर, प्रेम लकान्द्री र छत्र दर्नालको सक्रियमा सहयोग रकम सङ्कलन गरी हस्तातन्तरण गरिएको हो । उनीहरुले सहयोग रकम दियालीकी भान्जीलाई हस्तान्रतण गरेका हुन् । उनीहरुले रत्नरोडका सुनचाँदी व्यवसायी तथा कालिगढहरुसँग रकम सङ्कलन गरेर पत्रकार दियालीको उपचारमा सहयोग गरेका हुन् । दियालीको असार २२ वीर अस्पताल काठमाण्डौमा मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्योरोपण गरेपश्चात स्वास्थ्यमा थप जटिलता थपिएको छ । अहिले पनि दियाली बीर अस्पतालमा उपचाररत् छन् । मृगौला प्रत्यारोपण गरेपछि अप्रेसन गरेको ठाउँमा इन्फेक्सन भएकाले अस्पतालमा नै बसेर उपचार गरिरहेका हुन् ।
उनलाई आफ्नै साइला दाजु तिलक दियालीले मृगौला दिएका थिए । हालसम्म पत्रकार दियालीको औषधी उपचारमा ५० लाख भन्दा बढी खर्च भईसकेको परिवारले बताएका छन् । मृगौला प्रत्यारोपण सफल भएपछि अस्तालबाट उनी ९ दिन पछि डिस्चार्ज भएका थिए । लामो समयसम्म मृगौलाको स्वास्थ्य उपचार गराउने क्रममा इटहरीमा रहेको घरजग्गा समेत बेचेका छन् । घरजग्गासमेत बिक्री गरेर औषधी उपचार गराउँदा समेत नपुगेपछि थप उपचारको लागि आर्थिक सहयोग अपिल गरेका समेत गरिरहेका छन् । अस्पतालमा दैनिक औषधी उपचार १५ हजारभन्दा बढी खर्च हुने गरेको छ ।