शुक्रबार प्रदेश १ को तेह्रथुम र पाचथरमा भएको आगलागीमा परी १४ घर जलेर नष्ट भएको छ भने दुइजना बालबालिकाको मृत्यु भएको छ ।तेह्रथुमको आठराई गाउँपालिका–६ स्थित हात्तीखर्कको बस्तीमा आगलागी भएको छ । आगलागीबाट १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । १४ घरमध्ये नौ घरमा मानिस बासोबास गरिरहेको र पाँच घर खाली रहेको प्रहरीले जनाएकोछ । यसैगरी शुक्रबारनै पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारपाका दुई जना बालकको मृत्यु भएको छ । दिउँसो साढे दुई बजे भएको आगलागीमा स्थानीय सरन पन्थाकका पाँच वर्षीय छोरा सेसेहाङ र सन्तोष खातीका चार वर्षीय छोरा निशान खाती रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।