नेपालका प्रमुख शिक्षाविद् र उद्यमीहरूको समूहले पाँचदेखि १९ वर्षका बालबालिकाको उच्च गुणस्तरको समग्र शिक्षाको बढ्दो मागलाई पूरा गर्न नेपालमा अन्तर्राष्ट्रिय स्तरको अर्ध-आवासीय विद्यालय स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरी स्थापना भएको काठमाण्डौ वर्ल्ड स्कुल भक्तपुरले प्रदेश १ का मुख्य तिन शहरहरुमा एजुकेशनल टुर गर्ने भएको छ । स्कुलले झापा को सिद्दार्थ होटल बिर्तामोड , सुनसरीको होटल गजुर प्यालेस धरान र मोरङको रत्ना होटल बिराटनगरमा शिक्षामा सबैको सहभागितालाई सुनिश्चितता गर्नका लागि यी सहरहरूमा टुर आयोजना गर्न लागेको स्कुलका प्रिन्सिपल केसर बहादुर खुलालले जानकारी दिए । व्यवहारिक तथा प्रयोगात्मक सिकाइलाई केन्द्रमा राख्दै स्कुलले धरान, विराटनगर र बिर्तामोडमा एजुकेशनल टुरको आयोजना गरेको खुलालले जनाए । फाल्गुन १९ गते दिउँसो २ बजे सिद्धार्थ होटल बिर्तामोड , फागुन २० गते दिउँसो ३ बजे होटल गजुर प्यालेस धरान र २१ गते बिहान ८ बजे रत्ना होटल विराटनगरमा शैक्षिक परामर्श सहित विशेष कार्यक्रमको आयोजना गर्ने र उक्त्त कार्यक्रममा सहभागी भई शैक्षिक परामर्श लिनका लागि खुलालले अपिल गरेका छन ।
विद्यालयसँग शान्त र शान्त स्थानमा अत्याधुनिक सुविधाहरूद्वारा समर्थित विश्व-स्तरीय पूर्वाधारहरू छन्, एक अद्वितीय सिकाइ वातावरणको लागि अनुकूल। प्रचुर हरियाली र प्राकृतिक सौन्दर्यले सम्पन्न ५५ रोपनी जमिनमा रहेका भवन र सुविधाहरू रहेको छ । पहिलो चरणको निर्माण लगभग सकिएको छ भने बाँकी आयोजना सन् २०२२ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। विद्यालय पूर्ण रूपमा सञ्चालनमा आएपछि कुल १ हजार ३९० विद्यार्थी क्षमताको हुनेछ जसमध्ये ४०० विद्यार्थीले बस्ने व्यवस्था रहेको प्रिन्सिपल खुलालले जानकारी दिए ।
शैक्षिक वर्ष २०७५ (२०१८-१९) मा प्रारम्भिक (कक्षा १, ३, ४ र ५) साथै माध्यमिक विद्यालय (कक्षा ११ विज्ञान र व्यवस्थापन) मा शैक्षिक कार्यक्रमहरूको प्रारम्भ भएको थियो। अब विद्यालयले प्राथमिक तह (कक्षा 1-5) मा UK को अन्तर्राष्ट्रिय प्राथमिक पाठ्यक्रम (IPC) को साथ ग्रेड 1 (एक) देखि 12 (बाह्र) सम्मको पूर्ण हाई स्कूल कार्यक्रम प्रदान गर्दछ, मध्य विद्यालयको लागि राष्ट्रिय पाठ्यक्रम। (ग्रेड 6-9) र राष्ट्रिय शिक्षा बोर्डको विज्ञान, व्यवस्थापन, मानविकी, र कानूनमा कक्षा 11 र 12 कार्यक्रम। शैक्षिक वर्ष २०२१ देखि क्याम्ब्रिज इन्टरनेशनल ए-लेभलको परिचयसँगै KWS हरेक पक्षमा साँच्चै अन्तर्राष्ट्रिय रहेको उनको दावी छ । तल्लो तहका कक्षा जस्तै प्लस टु अध्ययन गर्ने विद्यार्थीहरूको रोजाइमा समेत यस स्कुल पर्ने गरेको छ । अन्य कलेजभन्दा धेरै महँगो भन्ने बाहिरको बुझाइ सत्य नभएको स्कुल परिवारले स्पष्ट पारेको स्कुलको समग्र गुणस्तर र सेवाको हिसाबले केही महँगो भए पनि प्लस टु भने अन्य कलेजको तुलनामा सस्तो रहेको स्कुलका प्रिन्सिपल केसर बहादुर खुलालले बताए ।