कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आफुले केहीदिन अगाडी देखी सारंगी बजाउन सिक्दै गरेको बताए । शुक्रबार धनकुटाको भेडेटार मा निर्माण भएको स्काइ वाकको उदघाटन गर्न भेडेटार पुगेका कार्कीले यस्तो बताएका हुन । उदघाटन समारोहका बिशेष अतिथी धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (हर्क साम्पाङ)ले गीटार बजाएर गाउने गरेको आफुले सामाजिक सन्जाल हेर्ने गरेको बताउदै आफुलाई पनि सारंगी बजाउन खुब मन पर्ने र एक जना गन्धर्भ भाईले उपहार दिनु भएको छ सिक्दै छु अब चाडै बजाउछु उनले भने । म सारंगी सिकेपछी मेयर साप गीतार म सारंगी संगै बजाउनु पर्छ भने पछी उनले साम्पाङलाई व्यंग गरेको होकी भन्ने धेरैको अनुमान थियो ।
कार्यक्रमका प्रमुख अतिथी मुख्यमन्त्री कार्कीले भेडेटार स्काइ वाकको सुरु देखिनै आफु साक्षी रहेको सुनाए । उनले स्काइ वाक दुइ बर्ष को परियोजना भएपनी ४ बर्ष लागेको बताए । स्काइ वाकको डिपि आर तयार हुँदा देखिनै आफु प्रदेश सरकारका मन्त्री हाल मुख्यमन्त्री को रुपमा उदघाटन गर्न पाउदा एकदमै खुसी भएको बताए । सडक , सुरक्षा सबैको राम्रो प्रबन्ध भए हरेक ठाउमा पर्यटकीय क्षेत्र बनाउन सकिन्छ, प्रदेश सरकार सबै सङ्ग सरकार का तिनै तह सङ्ग हिडने प्रयासमा रहेको सुनाए । तिनै तहको सरकार सँग सहकार्य रहेन भने कुनैपनि बिकास सम्भव नरहेको बताए । उनले कोशी प्रदेशको भेडेटार बाहेक अन्य परियोजनाहरु दर्जनौ परियोजना हरु पाइपलाइनमा छ , कति व्यवस्थापन , कानुनी लगायत कुराहरुले व्यवधान भए पनि, छिटै अगाडी बढाइने बताए । उनले सागुरीगढीको बजेट चाडै ल्याउन नेकपा एमालेका जिल्ला अध्यक्ष र पार्टीको नेताहरु लाइ निर्देशन समेत दिए । इटहरी र धरान को सिमा विवाद लाई दुवै उपमहानगरपालिकाका प्रमुखहरुलाइ राखेर समन्वय गर्ने पनि प्रतिबद्दत्ता जनाए । उनले अगामी बर्ष कोशी प्रदेश सरकारले बिभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटन प्रहरी हरु लागु गरेर सुरक्षाको प्रत्याभूत गराउने ,२०८२ मा कोशी प्रदेश पर्यटन महोत्सब, साथै भ्रमण बर्ष मनाउने तयारी रहेको जानकारी दिए । उनले महोत्सव तिनजुरे मिल्केमा उदघाटन गर्ने समेत सुनाए । महोत्सव संगै चिया सम्मेलन ,मास टुरिजम बनाउने योजना रहेको स्पस्ट पारे ।
धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा रहेको भ्यु टावर भत्काएर स्काई वाकका लागि संरचना गरिएको हो । यो परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको छ । वण्डर्स अम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले ३० करोड रुपियाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो ।५० मिटर लामो स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भइरहेको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ । भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।