इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएकाछन । चीन र भारतसँग जोड्ने सडक अन्तर्गत इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै पौडेलले ठेकेदार कम्पनीको गाडी नियन्त्रणमा लिएका हुन् । ५.३ किलोमिटर सडकको विस्तार छिटो सक्न निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको थियो । ठेकेदार कम्पनीले काम सुधार नगरेपछि उपमहानगरपालिकाले शुक्रबार सवारी साधन नियन्त्रणमा लिएको बताइएकोछ । मेयर पौडेलले भने, ‘यदि तोकिएको समयमा पनि प्रतिबद्धता नआए प्रधानमन्त्री कार्यालय र भौतिक निर्माण मन्त्रालय पुगेर दबाब दिइनेछ ।’