धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले प्रमुखको सिफारिस पछि मात्रै मिटर जडान गर्न सकिने निर्णयलाई नेपाल विद्युत् प्राधिकरणले खारेजी गरिदिएको छ । उपमहानगरले आफ्नो सिफारिसपछी मात्र मिटर जडान गरिदिनु भनी प्राधिकरणको धरान कार्यालयलाई काटेको पत्रमा आवश्यक निर्देशनको लागी, प्रदेश कार्यालय र केन्द्रीय कार्यालयलाई आवश्यक निर्देशनका लागी अनुरोध गर्दा स्थानीय तहको सिफारिसको आवश्यक नपर्ने निर्देशन भएको प्राधिकरणको धरान कार्यालयले जनाएको छ ।
कार्यालयले दिएको जानकारी पत्रमा बिधुत वितरण नियमावली, २०७८ को विनियम ३ को १ अनुसार प्रधीकरणद्धारा बिक्री वितरण गरिने विद्युत् शक्तिको उपभोग गर्न चाहने व्यक्ति वा संस्थाले अनुसूची १ बमोजिम विद्युत् आवेदन फारम भरी आवश्यक कागजातहरू संलग्न गरी प्राधिकरणको सम्बन्धित स्थानीय कार्यालयमा पेस गर्नु पर्नेछ भन्ने व्यवस्था भएको उल्लेख गर्दै उपभोगताकले उपलब्ध गराउनु पर्ने कागजातमा स्थानीय सरकारको सिफारिस आवश्यक पर्ने व्यवस्था नभएकोले सोही बमोजिम गर्नु’ भनी निर्देशन भएको उल्लेख गरिएको छ । यस अघी वडाध्यक्षहरूको सिफरिसमा हुँदै आएको मिटर जडान नगर प्रमुख हर्क साम्पाङले आफ्नो सिफारिस पछि मात्र जडान गर्ने निर्णय गरेका थिए ।