झापा बिर्तामोड नगरपालिका-३ पुण्डरी चोकबाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई आईतवार राती प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले चुलाचुली गाँउपालिका-४ ईलामका २७ बर्षीय सुरेश लिम्बुलाई १६ ग्राम ८०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिर्ताबजार सडक खण्डबाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका लिम्बुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।