कोशी प्रदेश नामको बिरोधमा आन्दोलनको क्रममा घाइते भएर उपचारको क्रममा ज्यान गुमाएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई कोशी प्रदेश सरकारले तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्कालका लागि तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको हो । चैत ५ गते विराटनगरको रोडशेष चोकमा निषेधाज्ञा उल्लङ्घन गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयतर्फ भीड बढ्ने क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । त्यस क्रममा प्रहरीले लाठी चार्ज नगरे पनि अश्रुग्याँस र हवाइफायर गरेर भीडलाई तितरबितर बनाएको थियो ।
मृतक लाजेहाङ