Saturday, July 19, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

नायक प्रभु श्रेष्ठ को ड्रिम प्रोजेक्ट “कालो सुन”

हंगामा खबर by हंगामा खबर
२०७९ चैत्र १३ गते १०:०३ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
नायक प्रभु श्रेष्ठ को ड्रिम प्रोजेक्ट “कालो सुन”
512
SHARES
Share on FacebookShare on Twitter

PrabhuLaxmi  Entertainment and Creative Company Pvt . ltd  बाट निर्माणको तयारी रहेको ‘कालो सुन’ नायक प्रभु श्रेष्ठको ड्रीम प्रोजेक्टको रुपमा रहेकोछ । पाँच साथी हरु चाइनाको सिमानामा ट्र्याकइङ गर्दै गर्दा भेटिएको कालो सुन लाई मुख्य बिषय बस्तु बनाएर निर्माण हुन लागेको ‘कालो सुन ‘ एक Adventure र Survival को एक्सन थ्रीलर पूर्ण हुनेछ ।कलाकार स्वभाबका अल्लारे ठिटोको फिल्ममा अभिनय गर्नु नै,उनको लक्ष्य थियो। तर समय परिस्थितीले प्रभु श्रेष्ठ लाई सिङ्गापुरको लाहुरे हुन वाध्य बनायो। अग्ला कद, गोरो ह्यान्डसम अनी क्युसिन कराते खेलाडी प्रभु श्रेष्ठ धरान स्थित महेन्द्र बहुमुखी क्यामपस बि ए पढ्दै गर्दा २०५२ साल तिर फाइट डाइरेक्टर एन वी महर्जन ले एक फिल्ममा फाइटको भूमिका गर्न झापाको बुधबारेमा छायांकन भैरहेको ‘आफ्नो बिरानो’ फिल्म को सेटमा पुर्याए । त्यहा पुग्दा फाइट डाइरेक्टरको नजरमा परेका श्रेष्ठले सोचे भन्दा धेरै राम्रो काम देखाए । अझ फाइट डाइरेक्टर महर्जनले डिरेस्कसन गरे भन्दा राम्रो अनी आफ्नै केही आईडिया लगाएर फाइट गरेपछी महर्जन निकै प्रभावित भए । फाइट डाइरेक्टरले फिल्ममा भविस्य छ भने पछी क्यामेरा अगाडि आउने रहर जाग्यो श्रेष्ठले सुनाए ।

आफ्नो बिरानो मा काम गरेपछी अर्का एक निर्देशकको नजर मा परेका प्रभुलाई फिल्म चण्डाल को मुख्य नायकमा अफर आयो
तर अन्तिम समयमा आएर उनलाई निर्माताले २ लाख मागे पछी पैसा तिर्न भने बाबाबाट अस्विकार भएसी उनले हिरो बन्ने सपना छोडिदिए  लागे जागिर खोज्न । फलस्वरुप उनी सिङगापुर पुलिसमा भर्ती भए । सिङ्गपुर पुलिसमा भर्ती भएपछी पनि छुट्टी आएकोबेला दुइतिन वटा सम्म फिल्ममा फाइट गरेर पुन ड्युटीमा फर्किएको उनले सुनाए । त्यो बेला फिल्मको एक सिनमा फाइट गरेवापत एक हजार पाउने गर्थे त्यो पैसा पनि उनले साथीहरुलाई नै लाई खुवाउने गरेको श्रेष्ठले सुनाए ।  नेपाल छुट्टीमा आएको बेला उनले  ‘यस्तै हुन्छ पिरती , म बिर्सु कसरी , संगम मा काम गरे । आँफनै कथा रहेको पार्सल मा उनी मुख्य भूमिकामा रहे । शिव श्रेष्ठले निर्माण गरेको एउटा यस्तो प्रेम कहानी मा निगेटिभ रोलमा काम गरे । फिल्म संगै संगै आफ्नै स्वर , संगीत र शब्दमा छुट्टी छोटो छ, बिदेसी माया र जीवन साथी म्युजिक भिडियोमा पनि काम गरिसकेको श्रेष्ठले सुनाए ।

लाहुरे परिवारमा हुर्केका श्रेष्ठ पनि लाहुरे नै बने । लाहुरे भएपनी नेपाली फिल्म प्रतीको मोहले उनलाई छोडेको थिएन अझ बढी मोह बढेर आयो र छुटी मिल्न साथ नेपाल आएर फिल्ममा सानोतिनो भूमिका निभाइरहे । यसरी भूमिका निभाइरहदा आफुमा पनि फिल्म को स्टोरी हरु फुर्ने अनी यस्तो फिल्म बनाउन पाए भन्ने कौतुहल्ता जागिरहने गर्थ्यो उनले सुनाए । यसैक्रममा उनले आफैले कथा तयार गरेर आफ्नो ड्युटी सङ्ग मिल्दो जुल्दो कथा रहेको फिल्म ‘पार्सल’ निर्माण गरे अनी मुख्य भूमिकामा आँफै रहे । रोशनी चलचित्र प्रोडक्सनको व्यानरमा निर्माण गरेको ‘पार्सल’ लाई रविन श्रेष्ठले निर्देशन गरेका थिए । फिल्ममा प्रभु संगै किशोर खतिवडा , निता ढुङ्गाना , किशाेर सम्वाहाम्पफे ,  प्रेम सुब्बा ,मनाेज शाक्य लगयातको अभिनय रहेको थियो । फिल्मले बक्स अफिसमा सन्तोष जनक व्यापार गर्‍यो तर श्रेष्ठले भने दर्शकबाट धेरै राम्रो प्रसंशा पाए ।


आफु आफ्नो नियमित ड्युटीमा रहिरहदा आफुलाई भने नेपाली फिल्म प्रतिको मोहले हरपल तानिरहेको र कहिन कतै आफु फिल्म सँग जोडीदै आएको उनले आफ्नो अनुभव सुनाए । कलाकार को महत्व छुटै भएको अनुभव श्रेष्ठ सँग छ।कलाकार प्रभु श्रेष्ठ यतिबेला आफ्नो ड्युटी सिङगापुरे पुलिसबाट चिफ इन्स्पेक्टर को पोस्टमा  रिटाएर भैसकेकाछन । उनी सिपाही तह बाट अफिसर तह सम्म पुग्न सफल भए। श्रेष्ठ अहिले चिफ इन्स्पेक्टर मात्र नभएर एक कुशल खेलाडी पनि हुन । उनी दुई पटक सिङ्गापुर Kyokushin  karate च्याम्पियन , All Martial Art च्याम्पियन , सिङापुरको प्रतिनिधित्व गरेर जापानमा भएको 7th World Open   Kyokushin  Karate , 8th Asia Open Kyokushin  कराते फिलिपिन्स मनिला ARAFURA Boxing अष्ट्रेलिया मा आफ्नो कौशल देखाएर पदक जिती सकेकाछन ।

 

 

 

   फोटो : एउटा यस्तो प्रेम कहानी को सेटबाट

हाल    ४६ बर्षे प्रभुको रिटायर लाइफ सुरु भएको छ अब नेपाली फिल्म क्षेत्रमा केही योगदान दिने सोच बनाएकोछु श्रेष्ठले बताए । अहिले को नेपाली चलचित्र बजार पहिलेको जस्तो छैन , पहिलेको जस्तो कलाकारको महत्व त्यती छैन तर पनि दर्शकलाई केही नयाँ दिन सके फेरी पनि नेपाली चलचित्र चल्नेमा श्रेष्ठ ढुक्क छन । अबको लाइफ फिल्म क्षेत्रमा बिताउने लक्ष्य सहित केही चलचित्रमा अभिनय र एउटा बिशेष प्रकारको फिल्म निर्माणको तयारीमा जुटेकोछु जहाँ मेरो आफ्नै कथा र निर्देशन हुनेछ श्रेष्ठले बताए ।

अगामी दिनमा निर्माणको तयारी रहेको कालो सुन Black Gold अमेरिकि एक कलाकार सँग सहकार्यमा निर्माण हुने उनको भनाइ छ । ,घर फर्की Return Home,अबकश Retired,को हो WHO र तीन पुस्ता Three generation अगामी दिनको आफ्नो प्रोजेक्ट रहेको श्रेष्ठले बताए । कालो सुन चाँही उनको पहिलो डेव्यु निर्देशन रहने प्रभुले बताएका छन ।अगामी दिनमा आफनै कथा र निर्देशनमा निर्माण गर्न लागेको नयाँ फिल्म Black Gold कालो सुन उनको ड्रिम प्रोजेक्ट हो । अहिले यस्को लागी आन्तरिक तयारी भैरहेको उनले बताए । ‘मेरो लक्ष्य भनेको एक उत्कृष्ट फिल्म निर्माण, अभिनय र गर्नु हो ,  फिल्म मैले रोजेर गर्ने र आफ्नै निर्देशन र कथामा एक राम्रो फिल्म निर्माण गर्ने बिचार गरेको छु’, अभिनयको यात्रामा अगाडि बढिरहँदा श्रेष्ठले भने–‘फिल्म खेल्न चटक्कै छाड्दिन, राम्रो अफर आएको खण्डमा अरुको व्यानरमा पनि काम गर्छु । उनको यो ड्रिम प्रोजेक्ट कालो सुन Black Gold नेपाल सहित अन्तरराष्ट्रिय प्रदर्शन सिङगापुर अमेरिका लगायत देशहरुमा प्रदर्शन गरिने छ ।

Previous Post

फागुन महिनामा २ करोड रुपैयाँको काजु आयात

Next Post

बिर्तामोडका सुरेश ब्राउनसुगर सहित १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

स्वास्थ विमा कार्यक्रम  सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ विमा कार्यक्रम सेवा विपि प्रतिष्ठान धरानबाटै हुन्छ – स्वास्थ्यमन्त्री पौडेल

by हंगामा खबर
२०८२ असार ३१ गते ११:५४ बजे प्रकाशित
0

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

चलचित्र जनै हराएको मान्छे को टिजरमा देखियो मिरुना र विजयको कारुणिक प्रेम कथा

by हंगामा खबर
२०८२ असार ३१ गते ११:०४ बजे प्रकाशित
0

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

मिलन चाम्सको अगामी प्रोजेक्ट ‘सुम्निमा’ मा अभिनेता कुन्साङ बम्जन अनुबन्ध

by हंगामा खबर
२०८२ असार ३० गते १०:३८ बजे प्रकाशित
0

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

‘यो मन त मेरो नेपाली हो’ लाई दर्शकको साथ पाउदै, दमकमा कलाकारहको उपस्थितीले मख्ख दर्शक

by हंगामा खबर
२०८२ असार ३० गते ०९:३० बजे प्रकाशित
0

टिजर र दुई गीत हिट  भएपछि  चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

टिजर र दुई गीत हिट भएपछि चलचित्र ‘मोहर’ को प्रचार बुटवलबाट सुरु

by हंगामा खबर
२०८२ असार २९ गते १५:२१ बजे प्रकाशित
0

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist