‘परिवर्तन आफैबाट सुरु गरौं समाज स्वतः बदलिनेछ’ भन्ने नारा राखेर निर्माण गरिएको छुवाछुत बिरुद्दको कथा बोल्ने चलचित्र ‘निरमाया’ को पहिलो गीत रिलिज भएकोछ । माया को रङ्ग हुँदैन बोलको गीत मदानी मुवी एण्ड इन्टरटेन्मेन्टको युट्युब च्यानल बाट रिलिज भएको हो । उत्तम भेटुवालको शब्द र रिमेश कुमारको संगीत रहेको गीतलाई धर्मेन्द्र सेवान र रेखा शाहले स्वर दिएका छन । जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल र समुद्द पौडेल फिचर्ड रहेको भिडियोले अन्तरजातिय प्रेम लाई गज्जबले प्रस्तुत गरेकोछ । केही समय अघी टिजर रिलिज भएदेखिनै दर्शकलाई कौतुहल्ता जगाउदै आएको फिल्मको गीतले जातनै एक अर्काको प्रेममा बाधा बनेको कुरा देखाएको छ ।
टिजर अनी गीत हेर्दा’निरमाया’ जातिय बिभेद बिरुद्द आवाज उठाउने फिल्म हो भन्ने कुरामा दुई मत छैन ।
अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको ‘निरमाया’ मा रमेश कोइरालाको निर्देशन , रामकुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको चलचित्रले नेपालमा सदियौ देखी जरा गाडेर बसेको जातिय भेदभादको बास्तविक घटनालाई बोल्ने टिजरले देखाएकोछ । फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिक्षा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । मदानी मुभिजको प्रस्तुतिमा पदम विस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्मको रिलिज मिती भने चाडै घोषणा गरिने निर्माण टिमले जनाएकोछ ।