रश्मि प्रधान,धरान
अल नेपाल भू.पू. (आर्मि र पुलिस)को सहभागितामा तेस्रो मितेरी व्याडमिन्टन टुर्नामेन्ट हुने भएको छ।
आईतवार धरान ११ स्थित मितेरी फुट्सलमा आयोजना भएको पत्रकार सम्मेलनमा अल नेपाल भू.पू. टुर्नामेन्ट ब्याडमिन्टन प्रतियोगिता मंसिर १६ र १७ मा मितेरी स्पोर्ट सेन्टरमा हुने भएको छ।मितेरी स्पोर्टस् सेन्टरको तेस्रो संस्करणमा हुने प्रतियोगितामा नेपालभरीका विभिन्न क्षेत्रका भूपूहरुलाई समेत भव्य टूर्नामेन्ट आयोजना गर्ने जमर्को गरिएको छ ।उक्त प्रतियोगिता विश्व स्वतन्त्र बिड्ब्लु ब्याडमिन्टनको (bfw Badminton World Federation )को नियम अनुसार खेलाइनेछ ।उक्त प्रतियोगिता नकआउट (Knock Out) को आधारमा खेलाईनेछ । Yonex Maris-350 Shuttle खेलाईनेछ ।खेलमा ५० वर्ष माथि र ५० वर्ष सम्मका गरी दुईवटा विद्यामा प्रतियोगिता भएको छ सो प्रतियोगितामा मंसिर 15 गते ५० वर्ष नाघेको वा सो मितिमा ५० वर्ष १ दिन पुगेको हुनुपनेछ ।
भू.पू. को परिभाषा अनुसार कम्तिमा १५ वर्ष नोकरी (सेवा) गरेको हुनुपर्नेछ । GC Singapore, UK Army, Indian Army, Nepalese Army, Nepal APF, Assam Rifles अन्य विभागको ओरजिनल ड्कुमेन्ट तथा सरकारी पेन्सन पट्टा उपलब्ध गराउनु पर्नेछ।साथै खेलाडीहरुलको टिमले खेल समय भन्दा कम्तिमा १५ मिनेट अगाडि गेम एमपायर वा कोडिनेटरलाई सम्पर्क गर्नु पर्ने र यदि छ । Match Umpire or Co-ordinator ले Reporting गर्नुपर्नेछ Reporting नभएको खण्डमा Disqualify गरिनेछ । Entry Fee individual 50 Years मुनी१६९९ र माथि 1499/ Protest खेल समाप्त भएको १५ मिनेट भित्र 2000/- धरौटी फिर्ता नआउने गरी निवेदन दिनुपर्नेछ साथै टिम दर्ता मङ्सिर १३ गते भित्र गर्नु पर्ने नियम रहेको छ ।भने ५० बर्ष सम्मको प्रतियोगितामा पुरस्कार राशीहरू प्रथम ४४ हजार ४ सय ४४ रुपैया र ट्रफी र मेड्ल दोस्रो पुरस्कार २२हजार २ सय २२ रुपैया ट्रफी र मेड्ल दिईने छ भने ५० बर्ष देखि माथीको प्रतियोगितामा प्रथमलाई ३३ हजार ३ सय ३३ ट्रफी र मेडल र दोस्रो पुरस्कार१६ हजार ६ सय ६६ ट्रफी र मेडल रहेको प्रतियोगिताका सयोजक मितेरि फुट्सलका सञ्चालक लुकेन्द्र राईले जानकारी दिएका छन ।