धरानमा केन्द्रिय कार्यालय रहेको याक्थुङ चलचित्रकर्मी संघले जिल्लामा आफ्नो शाखा बिस्तारलाई तिव्रता दिएको छ । कलाकार निर्माता तथा निर्देशक नविन मेन्याङ्बोको नेत्रित्वमा रहेको याक्थुङ चलचित्रकर्मी संघ केन्द्रले धनकुटामा पनि शाखा गठन गरेको थियो भने झापामा पनि शाखा गठन गरेको छ । सोमबार केन्द्रिय कार्यसमितीका पढाधिकारीहरु कोषाध्यक्ष तेज मेन्याङबो , सह कोषाध्यक्ष पवि तेम्बे सदस्यहरु दिलिप फोरुम्बो , नुमा नेयोङ , तिर्थराज लिम्बु, सानुराजा थेगिम लिम्बु लगायतको उपस्थितीमा झापाको बिर्तामोडमा एक कार्यक्रम गरी स्थानिय चलचित्रकर्मी चन्द्र फोम्बोको अध्यक्षतामा ३३ सदस्य जिल्ला समिति गठन गरेको छ ।

सम्पूर्ण याक्थुङ चलचित्रकर्मीहरुको सकृय उपस्थिती र समितीको नेत्रित्व र पदमा रहेर काम गर्ने इच्छा धेरैको हुँदा छलफल पछी सर्वसम्मतीका साथ पदाधिकारीहरु चयन गरिएको केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले जानकारी दिए । नव गठित पदाधिकारीहरुलाई केन्द्रिय अध्यक्ष मेन्याङवोले सपथ ग्रहण गराएका थिए । चन्द्र फोम्बोको अध्यक्षमा रहेको झापा शाखामा उपाध्यक्ष संगीत आङखेवा / मिना नेम्वाङ,सचिब हिमाल लिम्बू,सहसचिव, अप्सरा बोखिम.कोषाध्यक्ष, छत्रमाया वनेम / दुर्गा ईङनाम रहेका छन । गठन पस्चात कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बोले संस्थाको बारेमा पूर्ण जानकारी दिएक थिए ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।