नेपाल चलचित्र बिकास बोर्डको आयोजना सोमबार बाट इटहरीमा ‘मेरो कथा मेरो चलचित्र’ बिषयक ५ दिने कार्यशाला सुरु भएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी राज्य मन्त्री सिता गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उदघाटन कार्यक्रमका सभापतीत्व कार्यक्रम संयोजक चलचित्र बिकास बोर्ड सदस्य एवं प्रवक्ता केएल बुढाथोकीले गरेका थिए । कायक्रमका प्रमुख अतिथी मानानीय सुनिता गुरुङले स्थानिय चलचित्रकर्मी हरुले निर्माण गर्ने साना ठुला पर्दाका फिल्म हरु यही प्रदेशमै निर्माण गर्न सक्ने बातावरण बनाउन प्रदेश सरकार साकरात्मक रहेको बताइन । उनले स्थानिय स्तरमा चलचित्र , डकुमेन्ट्री, सिरियल निर्माण हुँदा स्थानिय पर्यटन र कला रहन सहन लाई जोडेर निर्माण गर्न आग्रह गरिन । उनने छायांकन स्थलको लागी धेरै जग्ग चाहिने भएकाले हतार नगरी समय लिएर खोज्नु आजको आबश्यकता रहेको बताइन । अब चाडैनै प्रदेशमा चलचित्र महोत्सव आयोजना गरी स्थानिय चलचित्र निर्माण गरेको सानो ठुलो चलचित्र लाई प्रदर्शनमा प्राथमिकता दिने बताइन । स्थानिय चलचित्रकर्मी हरुलाई सरकारले कसरी सम्बोधन गर्न सक्छ भनेर आफु खोजिरहेको दावी गरिन ।
कार्यक्रमका बिशेष अतिथी नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले चलचित्र बिकास बोर्डले यती राम्रो कार्यक्रम आफ्नो प्रदेशमा ल्याएर आयोजना गरेकोमा खुशी व्यक्त गरे । उनले अगामी दिनहरुमा प्रदेशको चलचित्र बिकासका लागी चलचित्र बिकास बोर्ड सँग सहकार्य गर्नु आजको आवशय्कता भएको औल्याय । उनले कोशी प्रदेशमा चलचित्र बिकास गर्नकै लागी आफुहरु दिनरात लागिरहेको दावी गरे । स्थानिय चलचित्रकर्मी हरुलाई प्रदेश सरकारले गर्ने मान सम्मान , साथ र सहायता गर्न हिच्किच्याउनु नहुने बताए । अर्का बिशिष्ट अतिथी निर्माता चिरन्जिवी बस्नेतले प्रदेशमा एउटा सिनेमा म्युजियम बनाउन जोड दिए । तेस्का लागी आफु सँग भएका सम्पूर्ण चलचित्र सामग्री दिन तयार भएको बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी नेपाल आदीवासी महासंघ कोशी प्रदेश अध्यक्ष ज्योतिराज राइलाई बोर्डले कदर पत्र प्रदान गरिएको थियो । मोफसलमा रहेर पनि चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर पत्र प्रदान गरिएको थियो । कार्यशाला १३ बर्ष देखी १८ बर्षसम्मका बालबालिकाका लागी रहेको बुढाथोकीले जानकारी दिए । कार्यशालामा झापा,मोरङ,सुनसरी, ईलाम, धनकुटा, भोजपुर, उदयपुर लगायत जिल्लाका २० जना बालबालिकाकाहरुको सहभागीता रहेको छ । कार्यशालामा सिर्जनात्मक लेखन कथा वाचन,पाठ्यकथालाई दृश्य कथामा रुपान्तरण, छायांकन, सम्पादन, अभिनय लगायत चलचित्र निर्माणसम्बन्धि सैद्धान्तिक एवम् प्रयोगात्मक ज्ञान सीपका साथै बालअधिकार, मिडिया साक्षरता, नेतृत्व कलाबारे प्रशिक्षण दिइने बुढाथोकीले जानकारी गराए । प्रशिक्षण समाप्त पछी, प्रशिक्षार्थीहरुले नमूना चलचित्रहरु निर्माण तथा प्रदर्शन समेत गर्नुपर्ने छ ।