यही भाद्र २९ गते बाट रिलिजको तयारी रहेको चलचित्र ‘नाङ्गो गाउ’ को ट्रेलर रिलिज भएको छ । यस बर्षकै बहुप्रतिक्षित चलचित्र ‘नाङगो गाउ’ मा अहिले का चर्चित जोडी दयाहाङ राई र मिरुना मगरको जोडी गज्जब देखिएको ट्रेलर देखाउछ । एक असल शिक्षक राजनीतिमा होमिए संगै आएको उतारचढाव लाई चलचित्रको मुख्य बिषयबस्तु बनाइएको छ । चलचित्र समिक्षक तथा सफल निर्देशक दीपेन्द्र लामाको लेखन र निर्देशनमा निर्माण भएको चलचित्र ‘नांगो गाउँ’को स्टार कास्ट र यस अघी रिलिज भएको टिजरकै कारण दर्शकको प्रतिक्षित फिल्म बनेको थियो भने ट्रेलर रिलिज भएपछी झनै दर्शकको प्रतिक्षित चलचित्र बनेको छ । सार्वजनिक ट्रेलरमा निर्वाचनमा होमिएका दुई प्रतिस्पर्धी शिशिर बाङ्देल र दयाहाङ राई विचको प्रतिस्पर्धा कडा देखिएको छ ।
एक चुनावी कार्यक्रममा यदी दुई मध्ये कोही पराजित भएमा निर्वस्त्र रुपमा गाउ डुल्ने सर्तलाई मान्दै निर्वाचनमा होमिएको बिषयबस्तुलाई गज्जवले देखाइएको छ । सर्त मन्जुर गर्दै दया निर्वाचनमा होमिएका छन । राजनीतिक दाउपेचमा गाउ नै नाङगिएको कथा दर्शकको लागी आर्गनिक लाग्न सक्छ । यही भदौ २९ गते देशभर प्रदर्शनको तयारी रहेको नाङ्गो गाउको बिदेश प्रदर्शनको लागी पनि बिभिन्न देशमा महङ्गो मुल्यमा बिकी सकेको छ् । फिल्ममा अहिलेका हिट जोडीको रुपमा देखिएका दयाहाङ राई र मिरुना मगरको संगै कर्मा शाक्य, साम्राज्ञी राज्य लक्ष्मी शाह, शिशिर वाङ्देल, बुद्धि तामाङ, रवीन्द्र झा लगायतको मुख्य भूमिकामा रहेको छ । हिमाल शर्माको प्रस्तुति रहेको फिल्ममा जय श्रेष्ठले लगानी गरेका हुन्। फिल्मलाई चर्चित छायाकार आलोक शुक्लाले खिचेका हुन ।