सरकार पक्ष र प्रतिपक्षहरु बिचको छलफल सकिएको छ । छलफल सकरात्मक भएको छ । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाउन सहमत भएका छन्। सोमबार राति बसेको सर्वदलीय बैठकले सर्वदलीय समिति गठनमा सहमति जुटाएको हो। प्रहरीले गरिरहेको अनुसन्धानलाई असर नपर्ने गरी समिति बनाउन सत्ता पक्ष र प्रतिपक्षबीच सहमति जुटेको हो। त्यसको टीओआर के बनाउने भन्ने विषय टुंगिन बाँकी रहेको उनले बताए । यो विषयमा होमवर्क गर्नुपर्ने भएकाले सुवास नेम्वाङ, हितराज पाण्डे र रमेश लेखकले ड्राफ्ट तयार गर्नेगरी आज बिहान ११ बजेसम्मको समय दिइएको छ । सुन तस्करीमा उच्चस्तरीय छानबिनको माग गर्दै नेकपा एमालेले गत साउन १० देखि संसद अवरुद्ध पार्दै आएको छ। आजबाट भने संसद खुल्ने संकेत देखिएको छ ।