नेपाली चलचित्र ‘रङ्गेली ग्यांगस्टार’ मा अहिले कि चर्चित नायिका मिरुना मगर सँग स्क्रिन शेयर गर्ने सुनौलो अवसर आएको छ । प्लानेट फिल्मस एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा मुख्य भूमिकामा अर्पण थापा र मिरुना मगर फाइनल भएसङै अन्य कलाकारहरुको खोजी भएको छ । अर्जुन सुवेदीको लेखन तथा निर्देशन चलचित्रको कथामा काम भइरहेको छ । चलचित्रका लागी मुख्य कलाकारहरु अनुवन्ध भए पनि बाँकी कथाले मागे अनुसारका कलाकारहरू अडिसन मार्फत नै छनौट गरिने निर्माण युनिटले जानकारी दिएको छ ।
आबश्यक्ता अनुसारको कलाकारको आव्हान गरेको छ । सोही अनुरूप कलाकार छनौटका लागि इटहरीमा अडिसन हुने निर्माण टिमले जनाएको छ। अडिशन इटहरीमा रहेको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनमा साउन २१ गते आइतबार हुने निर्माण युनिटले जानकारी दिएको छ । निर्माण टिमका अनुसार २० देखि ६५ वर्ष सम्मका २० भन्दा धेरै पुरुष कलाकारहरू तथा २४ देखि ६५ वर्ष सम्मका ३ जना महिला कलाकारको आवश्यकता रहेको छ । अडिसन आइतबार बिहान १० बजे तय गरिएको पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजनका सिइओ रोनिश राउतले जानकारी दिए ।राउतले सहभागीहरुको लागी सजिलो होस् भनी संपर्क नम्बर ९८२०७५८०९० समेत दिएकाछन । निर्माण टिमले बिशेषगरी मधिसे मुलका , आर्यन र मङगोल जातीबाट कलाकारहरु खोजी गरेको छ । यि समुदायहरुबाट जम्मा २३ जना भन्दा धेरै कलाकारहरुको माग गरेको छ ।