अर्काको निजी जग्गामा वृक्षारोपण धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई( हर्क साम्पाङ) उच्च अदालत विराटनगरले आदेश दिएको छ । जग्गाधनी रोजिना अधिकारीले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै उच्च अदालतका न्यायधिस मिलन कुमार राईले अनधिकृत प्रवेश गर्ने र वृक्षारोपण गर्ने कामलाई रोक्न आदेश दिएका हुन् । निवेदनको माग बमोजिम आदेश हुनु नपर्ने आधार, कारण र प्रमाण सहित विपक्षी धरान उपमहानगरपालिका लाई बाटोको म्याद सहित पन्ध्र दिन भित्र अदालतमा हाजिर हुन आदेशमा भनिएको छ । धरान बाँझगराको ९(ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गा निवेदक अधिकारीको स्वामित्वमा रहेको जग्गाधनी प्रमाण पुर्जामा उल्लेख भएको बताइएको छ ।
कानुन बमोजिम अन्यथा नभए अधिकारीको भोगाधिकार रहेको उल्लेख गरिएको छ । साउन ६ गते सोमबार सर्दु जलाधार क्षेत्रको जग्गा भन्दै मेयर साम्पाङले समर्थक सहित छोटी मोरङमा रहेको अधिकारीको जग्गामा वृक्षारोपण गरेका थिए । जुन अहिले धरानमा विवादको विषय बनेको छ । निवेदक अधिकारीले आफ्नो निजी जग्गामा अनधिकृत रूपमा हस्तक्षेप गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेकी हुन् ।