Saturday, April 1, 2023
HangamaKhabar
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘माङ्गेन्ना’को पोस्टर सर्वजनिक

हंगामा खबर by हंगामा खबर
२०७९ फाल्गुन ३ गते २२:१९ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘माङ्गेन्ना’को पोस्टर सर्वजनिक
60
SHARES
Share on FacebookShare on Twitter

लिम्बु संस्कृति र रितिरिवाजको कथा लिएर निर्माण गरिएको चलचित्र ‘माङ्गेन्ना’को पोस्टर सर्वजनिक भएकोछ । बुधवार धरान १० स्थित चौठौ बिबिक्यु एण्ड रेस्टुरेन्टमा पत्रकार सम्मेलन गरी ‘माङ्गेन्ना’को पोस्टर सर्वजनिक गरिएको हो । गत भाद्र २४ गते धरान १५ स्थित योइंजा , बगरकोटमा १ नम्बर प्रदेश कि निवर्तमान सामाजिक बिकास राज्यमन्त्री माननीय बिष्णुमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यता मा शुभमुर्हत भएको थियो । चेली र माइती एक अर्काका परिपुरकहुन र चेली माइती बिच को संस्कारमा आधारीत रहेर फिल्म निर्माण भएको निर्देशक तथा लेखक प्रेम सुब्बाले जानकारी दिए । हाम्रो गाउघरको रितिरिवाज र लिम्बु संस्कृतिलाई फिल्ममा देखाइएको सुब्बाको भनाइछ ।

३६ दिनको सेड्युएल भए पनि सबै कलाकारहरु र प्राबिधिकहरुको मेहनतले दिनरात काम गरेर १८ दिनमै शुटिङ सकाएको सुब्बाले सुनाए । चलचित्रको छायांकन तेह्रथुमको शुक्रबारेमा गरिएको छ । मिक्लाजुङ फिल्म्सको पहिलो प्रस्तुती रहेको चलचित्र ‘माङ्गेन्ना’ लाई सागर सिङ्गल र टिकाराम लिम्बुले संयुक्त्त रुपमा निर्माण गर्नुभएकोछ । कलाकार प्रेम सुब्बा को लेखन निर्देशन रहेको ‘माङ्गेन्ना’मा किशोर सम्बाहाम्फे , टिकाराम लिम्बु ,ममता लिबाङ ,बिपना आन्छङ्बो ,आरबी थान्देन ,मुना हुक्पा चोङ्बाङ ,दिपक लाबुङ, हेमु स्‍मृति , सुनाराज थेगिम लगायतको अभिनय रहनेछ । प्रकाश सुब्बाको छायांकन रहेको ‘माङ्गेन्ना’ को धनकुटाको डाडा बजार राजारानी , लगायत पुर्वको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको निर्माण टिमले जनाएकोछ ।

कार्यक्रममा उपस्थित अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए । बिशेष अतिथी समाजसेवी गायक क्यापटेन पूर्ण लिम्बुले आफुले फिल्मको बारे केही दिन अगाडी मात्र थाहा पाएपनी कथा सुन्दा फिल्म हेर्न निकै आतुर रहेको बताए । याक्थुङ चलचित्रकर्मी संघका अध्यक्ष कलाकार नबिन मेन्याङ्बोले समग्र नेपाली चलचित्र कसैको कपी नगरी आफ्नो पहिचान , बिशेषताको लागी संंघर्ष गरिरहनु परेकोले अब हाम्रो माटो सुहाउदो आफ्नै परिबेश जातित्व , कला संस्कृति झल्काउने चलचित्र निर्माण गर्न जरुरी रहेकोमा ‘माङ्गेन्ना’ पनि आफ्नो कला संस्कृति झल्काउने चलचित्र भएकोले सफलताको शुभकामना दिए ।

अर्का अतिथी नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनक ॠषि राईले आफ्नो कला संस्कृति झल्काउने चलचित्रको साउण्ड म्युट गर्दा पनि चिन्न सक्ने बनाउन पर्ने आवश्यकता औल्याए । पोस्टर हेर्दा ‘माङ्गेन्ना’ बाट केही अपेक्षा गर्न सकिने भन्दै सफलताको शुभकामना दिए । कलाकारका तर्फबाट किशोर सम्बाहाम्फे , समाजसेवी गीतकार मिना सिङ्गक ,कलाकार निर्देशक बिजय सुब्बा, फिल्मका प्रस्तुतकर्ता सागर सिङ्गल , निर्माता आरबी थाङ्देन लगायतले बोलेका थिए ।

Previous Post

अचम्मको ‘जारी’ टिजर काव्य शैलीमा प्रस्तुत

Next Post

‘इनरुवा उत्सव, चलचित्र महोत्सव को तयारी तीव्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरूद्वारा शपथ ग्रहण

by हंगामा खबर
२०७९ चैत्र १७ गते १९:३८ बजे प्रकाशित
0

चलचित्र “चित्रा” को निर्माण घोसणा

चलचित्र “चित्रा” को निर्माण घोसणा

by हंगामा खबर
२०७९ चैत्र १७ गते १८:४१ बजे प्रकाशित
0

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सातौ संस्करणको बिराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

by हंगामा खबर
२०७९ चैत्र १७ गते ०९:१७ बजे प्रकाशित
0

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

लागुऔषध ब्राउनसगुर सहित झापाबाट २ जना पक्राउ

by हंगामा खबर
२०७९ चैत्र १५ गते १७:५१ बजे प्रकाशित
0

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

विराटनगरमा भएको प्रर्दशनको क्रममा झडप ,१३ जना घाइते

by हंगामा खबर
२०७९ चैत्र १४ गते १८:३१ बजे प्रकाशित
0

सुनसरीको धरान १५ बाट सञ्चालित यस हंगामा खबर हाल परीक्षण अवधिमा छ । यस अवधिमा प्रकाशित समाचार पढेर यहाँहरुले सल्लाह तथा सुझाव दिनसक्नुहुनेछ । हामी, हरेकदिन यहाँको सुझाव र हामीलाई प्राप्त प्रतिक्रियाका आधारमा यस पोर्टललाई परिष्कृत गर्दै लैजाने छौं ।

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© ................ Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist