कतारमा जारी विश्वकप २०२२ को उपाधी दावेदारको रुपमा रहेको अर्जेन्टिना पहिलो खेलमा एसियाली देश साउदी अरबसँग पराजित भएको छ । लुसेल आइकोनिक स्टेडियममा मंगलबार साँझ भएको खेलमा अर्जेन्टिना साउदी अरबसँग २–१ गोलले पराजीत भएको हो । पहिलो हाफमा अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा अग्रतालाई जोगाउन सकेन । साउदी अरबको जितमा सलेह अल सेहरी र सलेम अल दसरीले गोल गर्नुभयो । अर्जेन्टिनाका कप्तान लियोन मेस्सीको सुरुवाती गोल सान्त्वना गोलमा परिणत भयो । पहिलो हाफमा अर्जेन्टिनाले ६३ प्रतिशत बल पोसेसन राखे पनि थप गोल गर्न सकेन ।
पहिलो हाफमै अर्जेन्टिनाको थप तीनवटा गोल अफ साइड भएको थियो । पहिलो हाफमा कमजोर देखिएको साउदी अरब दोस्रो हाफमा लयमा देखिएको थयो । यस हारसँगै अर्जेन्टिनाले लगातार ३६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएयताको ३६ खेलमा अर्जेन्टिनाले सबै अन्तर्राष्ट्रिय खेल जित्दै आएको थियो ।यस समूहमा अर्जेन्टिना, साउदी अरबसहित मेक्सिको र पोल्यान्ड छन् ।