२०२२ को कतारमा जारी फिफा विश्वकप फुटबलमा आज चार खेल हुने भएको छ । यस्तै, आजदेखि हरेक दिन समूह चरणका चार खेल हुनेछन् । आज समूह सी र समूह डी का दुई/दुई खेल हुनेछ । समूह सी मा रहेका अर्जेन्टिना र साउदी अरेबियाबीच दिउँसो पौने ४ बजे लुसेल रंगशालामा खेल हुनेछ ।
दोस्रो खेल समूह डी मा रहेका डेनमार्क र ट्युनिसिया बिच हुने छ । खेल एजुकेसन सिटी रंगशालामा साँझ पौने ७ बजे सुरु हुनेछ ।
तेस्रो समूह सी कै अर्को खेलमा मेक्सिको र पोल्याण्ड बिच राति पौने १० बजे हुने छ । खेल ९७४ वटा कन्टेनर प्रयोग गरेर बनाइएको अस्थायी रंगशाला ९७४ स्टेडियममा हुनेछ ।
आजको चौथो खेलमा समूह डी मा रहेको साविक विजेता फ्रान्सले अष्ट्रेलियासँग खेल्दै विश्वकप उपाधि रक्षा अभियान सुरु गर्नेछ । यो खेल मध्यराति पौने १ बजे अल जानोब रंगशालामा हुनेछ ।