Monday, April 20, 2026
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको यही वैशाख २५ गते ९मे ८० बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ।त

हंगामा खबर by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?
33
SHARES
Share on FacebookShare on Twitter

चर्चित गायक रामकृष्ण ढकालले निर्माण गरेको यही वैशाख २५ गते ९मे ८० बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ।तर उक्त गीतमा चलचित्रको मुख्य कलाकार विजय बराल र बर्षा राउतको नृत्य देखिएन । किनकी उक्त गीतलाई नृत्य निर्देशक रोशन विश्वकर्माले विजय र वर्षाको विवाहको दृश्य राखेकाछन । चर्चित संगीतकार तथा गायक राजन राज शिवाकोटीको संगीत रहेको गीतलाई गायक रामकृष्ण ढकाल र मेलिना राईले गाएका छन ।

दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण पक्षले तेस्रो गीतका रूपमा यो आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो। सार्वजनिक गीतमा चर्चित गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको सङ्गीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको छ।

यस गीतको भिडियोलाई निकै भव्य र मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ। रोशन विश्वकर्माको कोरियोग्राफी रहेको ‘झ्याम पारम’मा चलचित्रका मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा चर्चित डान्सर सविन कार्की ९बिस्ट०, एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिका ९गेस्ट एपेरेन्स० मा देख्न सकिन्छ। भिडियोलाई आकर्षक बनाउन सुनिता पोखरेलको सहायक कोरियोग्राफी, विक्रम थापा र शंकर थापाको मेकअप, रश्मी दाहालको हेयर स्टाइल तथा मनिता सुन्दासको कला निर्देशन रहेको छ।

ADVERTISEMENT

प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस चलचित्रलाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। चलचित्रको कथा स्वयं निर्देशक पाण्डेयले नै लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। यस चलचित्रमा विजय, वर्षा र मेक्समका साथमा नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराई लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ।

चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ सह(निर्माताको रूपमा रहेका छन्।कथावस्तु र कलाकारहरूको बलियो लाइनअप रहेको यस चलचित्रको प्राविधिक पक्ष पनि निकै उत्कृष्ट रहेको छ। चलचित्रमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। यसअघि सार्वजनिक गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको थियो । चलचित्रले वैशाख २५ गतेबाट दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास निर्माण पक्षले लिएको छ।

Previous Post

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

चलचित्र ‘मालती मंगले’को नयाँ गीतमा विजय र वर्षा किन नाचेनन ?

by हंगामा खबर
२०८३ बैशाख ७ गते १८:०६ बजे प्रकाशित
0

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

चलचित्र ‘लालीबजार’ को ट्रेलरमा ‘वादी’ महिलाहरुको कुुुप्रथा विरुद्धमा स्वस्तिमा खडका

by हंगामा खबर
२०८३ बैशाख ७ गते १७:२९ बजे प्रकाशित
0

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

चलचित्र ‘परालको आगो’ को ट्रेलर सार्वजनिक, नेपाली समाजको वास्तविकता प्रस्तुत

by हंगामा खबर
२०८३ बैशाख ३ गते १६:५० बजे प्रकाशित
0

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

लालीबजार’ ले सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’ : निर्देशक थापा

by हंगामा खबर
२०८३ बैशाख २ गते १६:५३ बजे प्रकाशित
0

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

गाउँघरको रोचक र एक मार्मिक प्रेमकथा बोल्ने ‘मालती मंगले’को टिजर सार्वजनिक

by हंगामा खबर
२०८२ चैत्र २७ गते १२:३४ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद विश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

 

 

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist