प्रतिनिधीसभामा माओवादीले खाता खोलेकोछ । माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल निर्वाचित भएका हुन् । एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । दाहाल निर्वाचित भएपनि मत परिणाम भने केहीबेरमा घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।