प्री सिजनको मैत्रीपूर्ण खेलमा बर्सिलोनाले रियल मड्रिडको धुलाई गरेकोछ । प्री सिजनको मैत्रीपूर्ण खेलहरु खेल्न अमेरिका भ्रमणमा रहेको बार्सिलोनाले रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि ओस्मान डेम्बेले, फेर्मिन लोपेज र फेरान टोरेसले १-१ गोल गरे । रियल भिनीसियस जुनिअरको पेनाल्टी क्रसबारमा लाग्दा बराबरी गर्ने अवसर चुकेको थियो । समग्रमा रियलको ५ प्रहारमा पोस्ट बाधक बन्यो ।खेलको १५ औं मिनेटमा डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए । पेड्रीले पेनाल्टी क्षेत्र भित्र उपलब्ध गराएको उत्कृष्ट पासलाई उनले फिनिस गरे । अमेरिकाको एटी एन्ड टी स्टेडियममा बार्सिलोनाका लागि ओसमान डेम्बेलेले खेलको १५ औं मिनेटमा पहिलो गरेका थिए। क्लब मैत्रीपूर्ण भए पनि खेल केहीबेर तनावग्रस्त बनेको थियो।