तीज आउन केही समय बाकी रहदा बजारमा भने नयाँ नयाँ तीज गीतहरु रिलिज भैरहेकाछन । प्राय गरेर महिलाहरुले मात्र तीज गीतहरु रिलिज गरे क्रमलाई तोड्दै पुरुषहरुले नि धेरै तीजगीतहरु रिलिज गर्न थालेका छन । प्राय बिबाहित महिलाहरुले भव्य रुपमा मनाउने तीज पछीलो समय अविवाहित महिलाहरुले पनि भव्य रुपमा मनाउना थालेका छन । नयाँ नयाँ शव्द र भाकामा निस्कने तीज गीतहरुको माझमा गायिका बबिता भट्टराईले भने फरक किसिमको तीज गीत ल्याएकिछिन । उनले यसबर्षको तीजको कोसेली स्वरुप ‘बालापनको तीज’ बोलको गीत बजारमा ल्याएकिछिन । तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी हुन ।
भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । यस गीतको भिडियोलाई बन्दे प्रसादले सम्पादन गरेका छन्। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।