कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब नेकपा एमाले देशैभरी प्रदेश र केन्द्रमा प्रतिपक्षमा रहेको छ । प्रदेशसभामा बहुमत सिद्ध गर्न नसकेसँगै एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको हो । बिहीबार प्रदेशसभामा राखेको विश्वासको मत माग्ने प्रस्तावमा शुक्रबार भएको मत विभाजनमा उनी अल्पमतमा परेसँगै सरकार ढलेको हो। मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावको पक्षमा ४६ र विपक्षमा ४३ मत पर्यो।
जम्मा उपस्थित सांसद संख्या ८९ रहेका थिए।पक्षमा एमालेका ४० र राप्रपाका ६ सांसदले मतदान गरे। कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले विपक्षमा मतदान गर्दा एक सिट रहेको जनता समाजवादी पार्टी (जसपा) ले मतदानमा भाग लिएन। अब कोशीमा एमाले र राप्रपा प्रतिपक्षमा बसेको अवस्थामा अरू सबै मिल्दा पनि सरकार गठन हुन कठिन नै हुनेछ ९३ सदस्यीय प्रदेशसभामा सरकार टिकाउन ४७ सांसदको समर्थन आवश्यक पर्दछ ।