चर्चित टेलिभिजन शो कल कान्तिपुरमा काम गर्दै मोडलिङमा उदाएका मोडलद्वय सुदित श्रेष्ठ र निलम चन्द प्रताप दास र रानी शाक्यको आवाजमा रहेको गीत ‘मेरो संसार’को म्युजिक भिडियोमा एकसाथ देखिएका छन । झट्ट हेर्दा फिल्मी गीत जस्तो लाग्ने रोमान्टीक गीत तिमी छौ र त बोलको गीतको म्युजिक भिडियोमा निलम सुदित आँफैलाई एकअर्कामा समर्पित भएको कुरा गज्जबले प्रस्तुत गरेका छन । रिलिज भएको म्युजिक भिडियो ‘मेरो संसार’ गीतको लेखक विना भट्टराइ हुन भने संगीत मिन गुरुङको रहेकोछ । भिडियोमा राजिभ समरको कोरियोग्राफी, लुजा सिंहको छायांकन छ रहेको छ । प्रताप र रानीले तेश्रो पटक गायनमा सहकार्य गरेका हुन् । यसअघि यी दुइको ‘ढलक ढलक र शिरमा नाम्लो’ बोलको गीत सार्वजनिक भैसकेको छ । गीतको म्युजिक भिडियो गायिका रानी शाक्यकै युट्युब च्यानलबाट रिलिज गरिएकोछ ।