कोशी प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएकोछ । माओवादी संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता पुर्व अर्थमन्त्री ईन्द्र आङ्वोले जानकारी दिए । बैठकले मुख्यमन्त्री हिक्मत कार्कीले राखेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको आङ्बोले जानकारी दिए ।मुख्यमन्त्री कार्कीले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मत प्राप्त गर्न कार्कीलाई ४७ मत आवश्यक छ । एमालेका ४० र राप्रपाका ६ सांसद मुख्यमन्त्रीको साथमा छन् ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।