राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेकोछ । पार्टीका मन्त्रीहरु सरकारबाट बाहिरिएपनी सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय समेत गरेकोछ । आईतवार पार्टीको केन्द्रिय बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । स्रोतका अनुसार मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेकाछन ।