धरान उपमहानगरपालिका वडा नम्बर २० बिष्णुपादुका माछामारामा हावाबाट बिजुली निकाल्न सुरु गरिएकोछ । ३ लाख ६२ हजार लागतमा निर्माण सम्पन्न भएको भएको विन्ड टर्वाइनले हाललाई भने २ सय वाट विजुली उत्पादन गर्ने प्रोजेक्ट म्यानेजर तर्क मगरले जानकारी दिए । वडा नम्बर २० को वडा कार्यालयको प्राङ्गणमै विन्ड टर्वाइन राखिएको प्रोटोटाइपलाई धरानका मेयर हर्क साम्पाङले आज आईतवार उदघाटन गरेकाछन । यो एक नमुना भएपनी भविष्यमा धरानको कन्याटार डाँडाबाट ठुलो योजना बनाएर अझै धेरै विजुली उत्पादन गर्ने लक्ष लिएको मेयर साम्पाङले जानकारी दिए ।