धनकुटामा एक पुरुषले आफ्नै श्रीमती र छोराको हत्या गरेकाछन । हत्या पछी उनले झुण्डिएर आत्महत्या गरेकाछन । धनकुटा नगरपालिका–१ निगालेका ३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। टिकारामले श्रीमती र छोराको हत्या गरी झुण्डिएको प्रहरीले जनाएको छ।उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले जानकारी दिएको धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए। उनका अनुसार गुरुङ काम्ने समस्याको उपचार गराइरहेका थिए। गुरुङले बुधबार राति पौने १ बजे तिर छोरी ६ वर्षिया आसिकीलाई छिमेकीको जिम्मा लगाएको प्रहरीले जनाएको छ। यसअघि बुबाले आमा र दाजुलाई घाँटीमा समातेर कुटेको देखेको आसिकीले बताएको एसपी कोइरालाले जानकारी दिए।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।