चर्चित मोडल तथा नायिका मलिका महतको मुख्य भूमिका रहेको ‘सतिदेवी’ को फर्स्ट लुक सार्वजनिक भएको छ । रङ्ग पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र ‘सतीदेवी’को रिलिज भएको फर्स्ट लुक्सलाई लिएर धेरै चर्चा चल्न थालेको छ । यस भन्दा अगाडी ‘यात्रा’ मा आफ्नो अभिनय क्षमता देखाइसकेकी नायिका मलिका महत एक लवर गर्लको भूमिकामा दर्शकले धेरै रुचाएका छन । आज सार्वजनिक भएको चलचित्रको फस्टलुकमा मुख्य नायिका मलिका महतलाई देखाइएको छ । पोस्टरमा मलिका कुनै रोमान्टिक अवतारमा देखिएकी छैनन् । उनको घाटीमा जुत्ताको माला,अनुहारमा कालो मोसो दलिएको छ, यसले, आम दर्शकहरुलाई चकित बनाइदिएको छ । चलचित्रमा मलिका महतसँगै हर्षिका वली, मञ्जिला बानियाँ(बाल कलाकार), सन्दीप बाबु लोहनी, रमेश बुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजिता सिवाकोटी, सन्देश लिम्बु, मनिषा सापकोटा, जयन्त रेग्मी, बिमल श्रेष्ठ, देव महर्जन, तुलसी श्रेष्ठ, इभेन जोशी, इश्वरी सिंह, पवन केसी र जगदिश अधिकारीको अभिनय छ ।
बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा तारा थापा ‘किम्भे’को सम्पादन, दीपक शर्मा र सुवास थापाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, देव महर्जनको एक्सन छ । दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानीमा बनेको चलचित्रमा लेखन पनि निर्देशक सुवेदीको नै छ । यो चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । तर आज सार्वजनिक भएको पोस्टरले चलचित्र नारीप्रधान रहेको प्रस्ट देखाइदिएको छ । पोस्टर सार्वजनिक गर्नुभन्दा केहीबेर अगाडी निर्देशक लक्ष्मण सुवेदीले सामाजिक संजाल फेसबुकमा चलचित्रको बारेमा पोस्ट गरेका थिए । उनले `सतीदेवी´´ अहिलेसम्म, नाम मात्रै सुन्दा कतिपयले धार्मिक,पौराणिक कथा/पात्रमा बनेको होला/रैछ भन्ने बुझेको,अनुमान समेत गर्ने गरेको पाएको छु । जो पुर्णरुपले गलत छ ।खासमा,“सतीदेवी´´ चलचित्रका सम्पूर्ण पात्र, घटना,स्थान तथा परिवेश पूर्ण रुपले काल्पनीक हुन । तर, यो चलचित्र हाम्रो नेपाली समाजमा बिद्यमान यथार्थसँग सतप्रतिशत सन्नीकट रहेको छ । कुनै धर्म,जाती,सम्प्रदाय,परम्परा,कालखण्ड तथा ब्यक्तिसँग यसको कुनै प्रकारको सम्बन्ध छैन । यो चलचित्र बिसुद्द मौलिक नेपाली समाज,जनजीवन,परिबेशको माटोबाट अन्तर हृदयमा कुदिएको यथार्थ कथा हो । कथा मात्रै होइन यो आम ब्यथा समेत रहेको भनी पोस्ट गरेकाछन । बाबु र छोरीहरु बीचको मिहीन स्नेह,सम्बन्धको आरोहअवरोह तथा समाजको सतही अनि कुसोचको प्रक्षेपण रहेको उनको दावी छ ।