शुक्रबार साँझ विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल र विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल शुक्रबार साझ साढे पाच बजेतिर इटहरी १० बिराटनगर लाईनमा एकआपसमा ठक्कर भइ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकोछ ।
मृत्यु हुनेमा धरान १५ का ४० वर्षीय राजन राई, ३२ वर्षीय शम्भु राई र मोरङ बूढीगंगा गाउँपालिका १ का ३० वर्षीय ओजराज लुइँटेल रहेका छन। तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको हो ।