शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ले बिहानीका पहिलो शो हरुमा बम्पर व्यापार गर्दै सुखद ओपनिङ्ग गरेकोछ । उपत्यका सहित मोफसलका सिनेमाहलहरुमा हाउसफुलका साथ चलिरहेकोछ । यसै क्रममा भक्तपुर QFX Cinemas मा महापुरुष हेर्न एकै परिवारका २८ जना हल पुगेका थिए । २८ जना सदस्यहरुबाट काटिएको टिकटको माला फिल्मका मुख्य कलाकार हरिबंश आचार्य सहित सम्पूर्ण कलाकारहरुलाई लगाइदिएका थिए । फिल्मका कलाकार सहित टिम यतिबेला उपत्यकाको सिनेमा हल हलमा गएर दर्शकहरु संघ खुशी साटिरहेका छन । फिल्म ले सुखद सुरुवात गरेपछी भोली शनिबार झनै व्यापार बढ्ने मा निर्माण टिम ढुक्क रहेकोछ । २८ जना सदस्यहरु सँग तस्विर खिचाउदै निर्माण टिम
रोमान्स , इमोशन , कमेडीले भरिएको फिल्मले एक बुवाको संघर्षको कथा सँगै दुइपुस्ते प्रेम कथा बोल्ने ‘महापुरुष’ मा मह जोडी अर्थात मदन कृष्ण श्रेष्ठ र हरी बंश आचार्यको मुख्य भूमिका रहेकोछ । एक बुवा र आमाले आफ्ना सन्तानका लागी निभाउनु पर्ने भूमिका एक बाबाले निभाएर समाजको अगाडी महापुरुष बनेका बुवा र सन्तानको मिठो कथा हो ‘महापुरुष’ । विश्व बजारमा धेरै चलचित्रहरु आमाको त्याग र बलिदानको कथाना बनेपनि महापुरुषले भने बाबाको कथा बोलेकोछ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, रविन्द्र सिंह बानियाँ, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य लगायतको अभिनय रहेकोछ ।