धरान ५ माथिल्लो देउराली स्थित सामुदायिक बिकास कोषको निर्माणाधिन भवनमा खोप केन्द्र निर्माण हुने भएको छ । बि स २०६५ सालतिर साविक पाँचकन्या गाउबिकास समिती हुँदा ‘आफ्नो गाउ आँफै बनाउ ‘भन्ने अभियान अन्तर्गत एक सामुदायिक भवनको निर्माण सुरु गरिएको निर्माणधिन भवनको जग उठाएर पिलर हरु उठाएको दुई दशक बितीसके पनि निर्माण सम्पन्न अलपत्र थियो । पाचकन्या गाविस हुँदा गाबिस भवनमै संचालनमा आइरहेको उप स्वास्थ्य धरान उपमहानगरपालिकामा गाभिए पछी खोप केन्द्रलाई स्थानीयको घरमा मासिक भाडामा संचालन हुँदै आएको थियो । २०६५ साल तिर तत्कालीन गाविस अध्यक्ष रमेश बस्नेतले भवन निर्माणको लागी तीन लाख पचास हजार बजेट बिनियोजन गरेर सुरुवात गरेपनी भवन सम्पन्न गर्न नसकिएको वडाअध्यक्ष मन प्रशाद लिम्बुले जानकारी दिए । निर्माण सुरु गर्ने बेला १० काठठा जग्गा चर्चेपनी स्थानिय केही अराजक समुहहरुले जग्गा बिक्री गरेर खाएपछी हाल १५ धुर मात्र जग्गा बाँकी रहेको अध्यक्ष लिम्बुले जानकारी दिए । १५ धुर जग्गामा पनी सिमाना सदेरी बिन्द्रा श्रेष्ठले आफ्नो सिमानामा आफ्नो जग्गा मिचिएको भन्दै होहल्ला गरेकी थिइन । भवनको सिमानामा केही खुल्ला जग्ग हुनु पर्ने भएकोले समाजनै बसेर बिन्द्राको छोरा सँग सहमती भाईसकेको वडाध्यक्ष बताउछन ।
भवनको लागी ११ लाख बजेट लाग्ने भएपनी हाललाई वडाको रु चार लाख बजेटबाट सुरु गर्न लागिएको र बाँकी स्थानीयको सहयोग र श्रमदान बाट सम्पन्न गर्ने लक्ष लिएको वडाध्यक्ष लिम्बुले बताए । भवनको शिलान्यास धरान उपमहानगरपालिकाका मेयर हर्क राज राई (हर्क साम्पाङ) र वडाध्यक्ष मन प्रशाद लिम्बुले संयुक्त रुपमा गरेका हुन । शिलान्यास हिन्दू परम्परा अनुसार पूजा गरी गरिएको थियो । हाललाई एक तलाको भवन निर्माण योजना भएपनी भवनमा ट्रस्ट लगाइने योजना रहेको लिम्बुले बताए । ट्रस्टको लागी कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थ सँग कुरा भाईरहेको लिम्बुको भनाइ छ । भवनहाल को लागी मल्टिप्रपोजकै योजनामा निर्माण हुने छ । यहाँबाट खोप सहित स्वास्थ्य चौकीमा पाइने सामान्य औषधी हरु बितरण गरिनेछ । साथै महिला स्वंयम सेविकाको बैठक, तालिम, गोस्ठी यही हुने योजना रहेको छ । शिलान्यास कार्यक्रममा प्रमुख अतिथी मेयर साम्पाङले जग्गा अबरोध गर्न आउने ब्रिन्दालाई वडाध्यक्ष सँग समानवय गरेर नगपालिका आउन आग्रह गरेकछन । साम्पाङले धरानले सुरु गरेको श्रम अभियान यहाँको स्वास्थ्य चौकी बनाउन पनि काम लाग्ने भएकाले सबै वडावासीहरुले आफ्नै काम सम्झेर खटिन आग्रह गरे ।