Sunday, November 2, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

धरानका दर्शकले चलचित्र ‘खुस्मा’ को पहिलो शो कलाकार संगै हेरे

चलचित्र 'खुस्मा' को पहिलो शो धरानका दर्शकहरुले 'खुस्मा' का मुख्य कलाकारहरु सँग बसेर हेरेका छन ।

हंगामा खबर by हंगामा खबर
२०८१ अशोज ३ गते १५:२५ बजे प्रकाशित
in FEATURE, चलचित्र
0
धरानका  दर्शकले चलचित्र  ‘खुस्मा’ को पहिलो शो कलाकार संगै हेरे
170
SHARES
Share on FacebookShare on Twitter

आजबाट प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ को पहिलो शो धरानका दर्शकहरुले ‘खुस्मा’ का मुख्य कलाकारहरु सँग बसेर हेरेका छन । धरान फ्रेण्ड्स सिनेमाजमा पहिलो शो बिहान ९ :३० को शो हाउसफुल थियो । पहिलो शो मा ‘खुस्मा’ का बुवा बनेका धरानका कलाकार बिजय सुब्बा र धीरज मगर का आमा बनेकी सुजता राई उपस्थित थिए ।उनिहरुलाई याक्थुङ चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष नबिन मेन्याङ्बो लगायत कार्यसमितीले खदा लगाएर बधाई दिए ।  चलचित्र बिशेषगरी नेपालमा भएको १० बर्षे जनयुद्दमा नेकपा माओवादी र सरकार पक्षबाट भएको ज्याजती, बेपता, शाहीद, अङग भङ्ग भएका व्यक्तिहरुले अझै पनि न्याय नपाएको कथालाई जस्ताको तस्तै प्रस्तुत गर्न खोजिएको छ ।


एकातिर द्वन्दको प्रभाव र उता साँस्कृतिक बिषय बस्तुलाई पनि ध्यान दिएर निर्माण गरेको ‘खुस्मा’ लाई निर्देशकले न्याय दिएकाछन । आजबाट प्रदर्शनमा आएको चलचित्रले देशै भरी राम्रो सुरुवात गरेको छ ।मगर जातीमा रहेको परम्परागर्त बैबाहिक सम्बन्ध र प्रेम सम्बन्धलाई प्रस्तुत गरिएको छ । चलचित्रको करिब ७० प्रतिशत हिस्सा रुकुम पूर्वको मैकोट र आसपासमा छायांकन गरिएको ‘खुस्मा’ मा रुकुम पूर्वको सुन्दर भूगोल, मौलिक भाषा, कला, संस्कृति र अर्गानिक जीवनशैलीलाई प्रस्तुत गरिएको छ ।


द कोरियन ड्रिम’ नामक लघु चलचित्रको निर्देशन तथा चलचित्र ‘निरफूल’ को सहनिर्माताका रूपमा काम गरेका ‘खुस्मा’ का निर्देशक अशोक थापाको डेब्यु चलचित्र रहेको ‘खुस्मा’ को गीत रुकुम मैकोटले करोड भ्युज पाएको छ । यही गीतका कारण पनि फिल्मको चर्चा चुलिएको छ र प्रतिक्षित पनि बन्दै गएको थियो । चलचित्र ‘खुस्मा’ को बितरक कुबेर सिने डिस्ट्रिब्युटर्स रहेको छ ।

ADVERTISEMENT

एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्, भने सह–निर्मातामा मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी हुन् ।मोहन राई कार्यकारी निर्माता रहेको सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

Previous Post

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को कथा सार भन्ने गीत सार्वजनीक

Next Post

‘बेहुली फ्रम मेघौली’ मा स्वस्तिमाको विवाहको टेन्सन बुवा आमालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

‘मन बिनाको धन’ को ट्रेलर रिलिज, अशोकको विगत देखि बर्तमान सम्मको जिवनयात्रा पर्दामा

by हंगामा खबर
२०८२ कार्तिक १२ गते १६:०७ बजे प्रकाशित
0

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

‘जारी – २ सङ अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक, दया र मिरुनाको पारिवारीक खटपट उस्तै

by हंगामा खबर
२०८२ कार्तिक १० गते १७:३४ बजे प्रकाशित
0

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

चलचित्र ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक, प्रमुख पात्रहरु दुखित मुद्रामा

by हंगामा खबर
२०८२ अशोज ३१ गते १०:०० बजे प्रकाशित
0

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

चलचित्र ‘सोल्टीनी’ का कलाकारहरुको उपस्थितीमा दमक र धरानमा देउसी कार्यक्रम हुने

by हंगामा खबर
२०८२ अशोज ३१ गते ०९:१३ बजे प्रकाशित
0

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

‘कबड्डी – ५’ आफ्टर फाइनल म्याचको छायाँकन सुरु, विपिन कार्की र सिर्जना गुरुङ टिममा जोडिए

by हंगामा खबर
२०८२ अशोज २८ गते १७:२२ बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist