सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा अगामी फागुन ११ देखी २३ गते सम्म १० दिने ‘धरान एक्स्पो -२०८०’ आयोजना हुने भएको छ । एक्स्पो यो बर्षपनी ह्याङ्गर डमी भित्र गरिने भएकोछ । सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागिरहेको एक्स्पोमा यो बर्षदेखी धरानमा रहेका प्रतिभाहरुलाई प्रस्फुटन गर्नको लागी गायन र नृत्य प्रतियोगीता पनि हुने भएको छ । सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो पटक आयोजना हुनलागिरहेको एक्स्पो -२०८० मा यस बर्षदेखी धरान आइडल तथा लोकनृत्य प्रतियोगीता आयोजना हुन लागेको शुक्रबार आयोजित पत्रकार सम्मेनमा जानकारी गराइयो । बिभिन्न कार्यक्रमहरु अन्तर्गत धरान आइडल तथा लोकनृत्य प्रतियोगीता -२०८० को संयोजन धरानकै सिल्भर इन्टरटेन्मेन्टले गर्ने छ ।

बिगत दिनहरुमा धेरै मेला उत्सव भए तर धरान एक्स्पो चाँही कृषि उत्पादन, कृषि उद्यम, उद्योग र पर्यटन, कला संस्कृति लगायत धरानको चौतर्फी विकासमा योगदान पुर्याउने उद्देश्यले एक्स्पो आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताए । संघले गत बर्ष देखी धरानमा एक्स्पो आयोजना सुरु गरेको छ । गत बर्षको बिभिन्न कमिकमजोरीलाई सच्याउदै यस बर्षको एक्स्पो अझधेरै राम्रो तरिकाले,पूर्ण तयारीका साथ आयोजना गर्ने लागिएको श्रेष्ठले बताए । दैनिक ५० हजार मानिसले अवलोकन गरिने अपेक्षा गरिएको एक्स्पोमा १६ करोड बराबरको कारोबारको अपेक्षा रहेको श्रेष्ठले बताए ।

मोरङ, झापा, इलाम, उदयपुर, धनकुटा, तेह्रथुम, संखुवासभा र भोजपुरबाट मानिसहरु एक्स्पो अवलोकन एवम् व्यापार गर्न आउने अपेक्षा गरेका छौं’उनले भने, ‘एक्स्पोले धरानको सुस्ताएको बजारलाई सक्रिय बनाएर व्यापार तथा व्यवसायिक क्षेत्रको पुनरुत्थानमा टेवा पुर्याउने विश्वास लिएको श्रेष्ठले बताए । नेपाल, भारत, पाकिस्तान लगायतका राष्ट्रहरूबाट गरि एक्स्पोमा १५० वटा स्टलले आ-आफ्नो उत्पादन र सेवा ब्रिकि, प्रदर्शनी एवम् प्रवर्द्धन गर्नेछन् । एक्स्पोमा कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैङ्क तथा वित्तीय, रेडिमेड तथा कपडा, घरेलु सामानहरूको स्टल रहने स्टल व्यवस्थापन संयोजक विष्णु बरालले जानकारी दिए ।उनले भने ‘धरान डे मा स्टल नपाएर फर्केका हुम्ला ,जुम्ला,पोखराका उत्पादनहरू मार्सी चामल दाल भए र सङ्खुवासभाको भिर मौरी अल्लोको सामग्रीहरूलाई एक्स्पोमा स्टल उपलब्ध गरिएको छ ।’

गत बर्षको एक्स्पोमा रोकिएको रोटेपिङ खेल यस पटक संचालन हुनेछ । यसैगरी रेलगाडी, नाउ, जम्पिङलगायत बालबालिका रमाउने खेलहरु, धरान आइडियल तथा लोकनृत्य प्रतियोगिता, निकासी योग्य वस्तु सम्बन्धी गोष्ठी, आर्थिक विश्लेषणका लागि कार्यशाला, पर्यटकीय भ्रमण, हाइकिङ, बर्ड वाचिङ, एक गाउँ एक उत्पादनका बस्तुहरुको प्रर्दशनीलगायत पनि एक्स्पोको आकर्षण हुनेछ । एक्स्पो अवधिमा खानेपानी सम्बन्धी गोष्ठी पनि हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । एक्स्पोमा दैनिक रुपमा सांगितिक र सांस्कृतिक कार्यक्रम हुनेछ । जस्को प्रवेश शुल्क लागी बिहान १० बजे देखि साँझ ४ बजे सम्म प्रवेश निःशुल्क र साँझ ५ बजे देखि प्रवेश टिकट १०० देखि २०० रुपैयाँ सम्म लाग्ने आयोजकले जनाएको छ । एक्स्पो धरान १६ स्थित धरान रंगशालाको दक्षिणमा रहेको खाली जग्गामा हुनेछ ।
Photo : Gopal Poudel & Sumit Karki






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।