नेपाली चलचित्र निर्माण गर्ने चर्चित व्यानर बासुरी फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिग्री माइला’ थर्ड क्लास’को छायांकन सम्पन्न भएको छ । २०७१ सालमा मण्डला थिएटर साथै धरानमा तीनपटकसम्म मञ्चन भएको अभिनेता दयाहाङ राईले निर्देशन गरेका नाटक ‘डिग्री माइला’ नाटकको आइडियामा केन्द्रित रहेर सिनेमा निर्माण भएको हो । गत असोज ५ गतेबाट ओखलढुङ्गास्थित रुम्जाटारबाट सुरु भएको छायांकन पहिलो र दोस्रो चरणको छायांकन मंसिरमा काठमाडौं र ओखलढुङ्गामा गरेर सम्पन्न गरेको निर्माण टिमले जनाएकोछ । शैक्षिक बेरोजगारीले युवाहरुमा ल्याएको निराशामा आधारित भएको नाटक पनि यही विषयमा केन्द्रित थियो । निर्माण सुरु नहुँदै सिनेमाको प्रदर्शन मिति तय भैसकेको छ । आगामी वर्ष २०८१को नयाँ वर्षलाई सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको छ । सफल निर्देशक राम बाबु गुरुङले निर्देशन गरेको ‘डिग्री माइला’मा मुख्य कलाकारहरु दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको अभिनय रहेको छ ।