Sunday, December 14, 2025
HangamaKhabar
Advertisement
ADVERTISEMENT
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता
No Result
View All Result
HangamaKhabar
No Result
View All Result

फुलबारी एकता समाजको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन

फुलबारी एकता समाज धरान -५ तल्लो देउरालीले आयोजना गरेको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएकोछ ।

हंगामा खबर by हंगामा खबर
२०८१ भदौ २९ गते १७:३५ बजे प्रकाशित
in FEATURE, स्थानीय समाचार
0
फुलबारी एकता समाजको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन
98
SHARES
Share on FacebookShare on Twitter

फुलबारी एकता समाज धरान -५ तल्लो देउरालीले आयोजना गरेको दोस्रो रक्तदान कार्यक्रममा १०२ पिन्ट रगत संकलन भएकोछ । धरान – ५ तल्लो देउराली चौकमा सम्पन्न रक्तदान कार्यक्रममा उपस्थित करिब ३०० जनाले ब्लड प्रेसर जचाएका मध्ये १०२ जना रक्तदान गर्न योग्य भएर रक्तदान गरेको समाजका अध्यक्ष कविचन्द्र याखाले जानकारी दिए । गत बर्ष जुन १४ का दिन विश्वभरका देशले मनाउने विश्व रक्तदाता दिवसको अवसरमा फुलबारी एकता समाजले पहिलोपटक रक्त्त्दान कार्यक्रम आयोजना गरेको थियो, सो बर्ष १०१ पिन्ट रगत संकलन भएकोथियो । रक्त्तदान कार्यक्रम फुलबारी एकता समाजको आयोजना र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न भएको अध्यक्ष याखाले जानकारी दिए ।

ADVERTISEMENT

समाजका अध्यक्ष याखाको सभापतित्व , धरान उपमहानगरपालिकाका उप प्रमुख अईन्द्र बिक्रम बेघाको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रमका बिशेष अतिथी ईलाका प्रहरी कार्यालय धरानका डिएस पी प्रकाश जबेगु थिए । कार्यक्रमका प्रमुख अतिथी उप प्रमुख अईन्द्र बिक्रम बेघाले फुलबारी एकता समाजको यो सामाजिक कार्यले अन्य वडा र समाजलाई उदाहरणीय बनेको बताए । रगत अभावका कारण कोही कसै मर्न नपरोस भनी सुरुवात गरिएको रक्त्तदान कार्यक्रमको दोस्रो पटक पनि आउन पाउदा आफुलाई खुशी लागेको बताए । रक्तदान कार्यक्रम दोस्रो तेस्रो हुँदै निरन्तर चलोस भनी शुभकामना दिए । उनले समाजमा एकताबन्द भएर यस्तो सामाजिक कार्य गर्ने समाजले नगरले र आफुले पनि आवश्यक सहयोग गर्ने प्रतिवद्दत्ता व्यक्त्त गरे ।

कार्यक्रमका बिशेष अतिथी डिएसपी प्रकाश जबेगुले आफु धरानका सम्पूर्ण नागरिक समाज र संघ संस्था संघ हातेमालो गरेर यहाँको शान्ती सुरक्षामा कायम गर्न सदैव तयार रहेको बताए । वडा नम्बर ५ को सुरक्षाको लागी, सामाजिक कार्यहरुमा पनि यसरीनै एक भएर अगाडी बढ्ने प्रतिबद्दत्ता जनाए । कार्यक्रमका सभापती तथा अध्यक्ष कबिचन्द्र याखाले समाजका हरेक जनताहरुलाई आबश्यक पर्ने हरेक सहयोग गर्न फुलबारी एकता समाज तत्पर रहेको र कसैलाई रगतको आबश्यकता भए आफुहरु सधैं तयार रहेको बताए । समाजले एक्लै केही गर्न नसक्ने भएकाले यहाँहरुसँगको हातेमाली र सहयोग निरन्तर रहोस् भन्ने आफुले चाहेको याखाले बताए ।

 

 

 

Previous Post

प्रकाश सपुतको ‘बसन्त’ आफ्नै जन्मथलो बाग्लुङको धम्जा गाउँमा छायांकन सुरु

Next Post

हस्तलेखन प्रतियोगीतामा धरान इङलिश बोर्डिङका बिधार्थी प्रथम र दित्तिय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

प्रदिप खडकाको ‘एक्लो’ को ट्रेलर रिलिज, खतरनाक भाइरसको कथा प्रस्तुत

by हंगामा खबर
२०८२ मंसिर २६ गते १५:५० बजे प्रकाशित
0

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

‘गोबर गणेश’को फर्स्टलुकमा बर्षाले चलाएको फोहोर बोक्ने रिक्सामा बल्छी धुर्बे

by हंगामा खबर
२०८२ मंसिर २४ गते १७:०७ बजे प्रकाशित
0

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

रामकृष्ण ढकालको चलचित्र ‘मालती मङ्गले’को गीत ‘ढुङ्गा माथि लेउ’ छायाङ्कनमा व्यस्त विजय र वर्षा

by हंगामा खबर
२०८२ मंसिर २४ गते १५:४५ बजे प्रकाशित
0

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

चलचित्र ‘कुमारी’ को अफिसियल गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक

by हंगामा खबर
२०८२ मंसिर १६ गते ०८:२६ बजे प्रकाशित
0

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

सर्टमुभी ‘कुमाक्ला फाक’ का निर्देशक मेन्याङवोलाई उत्कृष्ट निर्देशनको अवार्ड

by हंगामा खबर
२०८२ मंसिर १२ गते ०९:१० बजे प्रकाशित
0

Currently Playing

हाम्रो बारे

सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर  ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।

सम्पर्क

कार्यालय : धरान १५, (चर्च लाईन) सुनसरी
माेबाइल : ९८५२०५६५४९, ९८१२३३१२८१
इमेल : khabarhangama@gmail.com

हाम्राे टिम

प्रबन्ध निर्देशक :रमेश राई
कार्यकारी सम्पादक :बिनोद बिश्वकर्मा
प्रमुख समाचारदाता :
बजार व्यवस्थापक :

दर्ता नम्बर

कम्पनी दर्ता नम्बर :-  २६२२१६/७७/०७८
स्थायी लेखा नम्वर :- ६०९९९९३०५
सुचना बिभाग :-
प्रेस काउन्सिल :-

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • हंगामा विशेष
  • समाचार
  • चलचित्र
  • स्थानीय समाचार
  • राजनीति
  • स्वास्थ्य
  • खेलकुद
  • अन्य
    • कला/साहित्य/संस्कृति
    • विश्व
    • अन्तरवार्ता

© BP Four Entertainment Media Pvt. Ltd (H3angamakhabar) 2022 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist