मोरङको सुन्दरहरैचा नगरपालिका-४ मा बसले साईकल यात्रीलाई ठक्कर दिंदा साईकल चालकको मृत्यु भएको छ । आज बिहान पौने ५ बजेको समयमा पुर्वबाट पश्चिम तिर जाँदै गरेको को १ ख ६१६९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेका साईकल यात्री सुन्दरहरैचा नगरपालिका-५ का ५२ बर्षीय केदार थापालाई ठक्कर दिंदा घाईते भएका थापाको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटनामा संलग्न बस चालक र बसलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।