धरान,१५ स्थित हिविसकस इङलिस वोडिङ स्कुल ले ‘हिविसकस क्विज मेनिया सिजन -२’ यही पौष १३ र १४ गते हुने भएको छ । शनिबार पत्रकार भेटघाट गरी प्रतियोगीता बारे जानकारी गराइएको छ । गत बर्षबाट सुरु भएको धरानभरीका अन्तर बिधालय हाजिरी जवाफ प्रतियोगीताको निरन्तरता स्वरुप ‘हिविसकस क्विज मेनिया सिजन -२’ आयोजना गर्न लागिएको डाइरेक्टर गंंगाराम राईले जानकारी दिए । विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उदेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर राईले जानकारी दिएकाछन् ।
प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालयलाई पत्रचार गरी सकेको स्कुलका सल्लाह पवन झाले जानकारी दिए । झाका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो र पाचौं हुने विजेताहरुलाई क्रमस १२ हजार र ट्रफि मेडल,प्रमाण पत्र , १० हजार, मेडल प्रमाण पत्र ८ हजार मेडल प्रमाण पत्र, ६ हजार मेडल प्रमाण पत्र, ४ हजार मेडल प्रमाण पत्र प्रदान गरीनेछ । पौष १३ र १४ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयबाट कक्षा ८ देखी १२ सम्मका ३ जना विद्यार्थी त्यसमा एकजना महिला अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीसकिएको झाले बताए ।यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको उनको भनाई रहेको छ ।यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ । गत वर्ष आयोजक समेत गरेर ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरीएको स्कुलका सल्लाहकार पवन झा ले विश्वास व्यक्त गरेकाछन् ।उनका अनुसार लोकसेवा आयोग दिनका लागि पूर्व तयारी गर्न समेत सहज हुनुुका साथै हाजिरी जवाफ प्रतियोगितामा आर्कषर्ण बढदै गएको झा को भनाई रहेको छ ।