पछील्लो समय शिक्षासम्बन्धी विधेयकलाई लिएर शिक्षकहरु आन्दोलनमा छन । आन्दोलित शिक्षकहरुले आन्दोलनका स्वरुप फेरेर आन्दोलन जारी राखेका छन । यही बिषयलाई लिएर सत्तारुढ दल नेकपा माओवादी केन्द्रको ‘आज बसेको अनौपचारिक बैठकले सरकारले संसदमा दर्ता गरेको विद्यायल शिक्षासम्बन्धी विधेयकमा गम्भीर छलफल भयो । सबै पक्षसँग परामर्श गरी विधेयक संशोधन गर्ने निष्कर्ष निकालेको छ’, उनले भने, ‘यस्तो देशका विभिन्न ठाउँमा चिकित्सकमाथि भएका हातपात, धार्मिक सदभाव खलबलिने, सामाजिक सदभाव खलबलिने विषयमा पार्टीको ध्यानाकर्षण भएको छ । माओवादी केन्द्रले संसदमा दर्ता भएको शिक्षासम्बन्धी विधेयक सबै पक्षसँग परामर्श गरी परिमार्जन गर्ने निष्कर्ष निकालेको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।