पेट्रोलियम पदार्थको मुल्य फेरी बढेको छ । भारतबाट तेल को मुल्य बढेर आको भनेर नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बडाएको हो । नेपाल आयल निगमको सञ्चालक समितिको हिजो बसेको बैठकले डिजेल र मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ र पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँले बढाएको हो ।निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य एक सय ६४ रुपैयाँ ५० पैसा कायम भएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।






सुनसरीको धरान १५ बाट बिपी फोर इन्टरटेन्मेन्ट प्रा.लि.द्वारा सञ्चालित यस हंगामा खबर ले बिशेषगरी चलचित्र,मनोरंजन, स्थानिय समसामयिक बिषयका खोजमुलक समाचार र अन्तरवार्ता प्राथमिकता दिनेछ ।